केन्द्रीय संस्करण

इतिहासमा आज – बीबीसी टेलिभिजन सेवाको औपचारिक प्रशारण सुरु

person explore access_timeकात्तिक १७, २०७७ chat_bubble_outline0

 

बीबीसीले लण्डनस्थित ब्रोडकास्टिङ हाउसबाट १९३२ देखि टेलिभिजन कार्यक्रम उत्पादन गर्न थालिसकेको थियो । शृङ्खलाबद्ध रुपमा परीक्षण प्रशारण र १९३६ अगस्टमा सुरु भएको विशेष प्रशारणपछि २ नोभेम्बर १९३६ मा लण्डनस्थित अलेस्यान्द्रा प्यालेसबाट औपचारिक प्रशारण आरम्भ  भयो । उच्च स्तरको इमेज रिजोलुसनसहित नियमित प्रशारणमा आउने यो विश्वकै पहिलो टेलिभिजन हो, तत्कालीन समय बीबीसी भिएचएफ ब्यान्डमा प्रशारण हुने गरेको थियो । नियमित प्रशारण सुरु भएयता बीबीसीले मेई १९३७ मा राजा जर्ज चौथो र रानी एलिजावेथको राज्याभिषेक समारोहसहित धेरै विशेष कार्यक्रमहरु प्रशारण ग-यो ।

तर, प्रशारण केही वर्षमात्रै नियमित हुनसक्यो । नाजी जर्मनीविरुद्ध बेलायतले युद्ध घोषणा गर्नुभन्दा ठीक दुई दिनअघि १ सेप्टेम्बर १९३९ मा बीबीसीको सेवा अवरुद्ध भयो । त्यसअघि बीबीसीबाट अन्तिमपटक मिक्की माउस कार्टून प्रशारणमा आएको थियो । युद्धका लागि लण्डनतर्फ आउने शत्रु अर्थात् नाजी जर्मनीका जहाजहरुलाई सिग्नल पत्ता लगाउन भिएचएफ ट्रान्समिशन सहयोगी बन्नसक्छ भन्ने त्रास बेलायती अधिकारीहरुलाई थियो, टेलिभिजन बन्द गर्नुको कारण त्यही नै थियोे । विश्वयुद्ध लम्बिदैं जाँदा बीबीसीको प्रशारण पनि अलपत्र प¥यो । ७ जुन १९४६ मा स्थानीय समयअनुसार दिउँसो ३ बज्दा बीबीसी टेलिभिजनको प्रशारण फेरि सुरु भयो । ‘गुड आफ्टर्नुन एभ्रीबडी । हाउ आर यु ? डु यु रिमेम्बर मी, जस्माइन ब्लिग...,’ बीबीसीका प्रस्तोताले सम्बोधन गरे । ब्लिग बीबीसीको स्थापनाकालका प्रस्तोतामध्ये एक थिए । यसको २० मिनेटपछि पुरानै मिक्की माउस कार्टुन फेरि दोहो¥याइयो ।

झन्डै एक दशक बेलायतको टेलिभिजन दुनियाँमा बीबीसीको एकाधिकार कायम रह्यो । तर, २२ सेप्टेम्बर १९५५ मा व्यवसाहिक टेलिभिजन इन्डिपेन्डेन्ट टेलिभिजन स्टेशन (आईटिभी) सुरु भयो । त्यसपछि बीबीसीले प्रतिस्पर्धामा अब्बल ठहरिनका लागि आफ्ना प्राथमिकता र सामाग्रीहरु परिवर्तन गर्नुप¥यो । सन् १९६० मा बीबीसीलाई अर्को टेलिभिजन सञ्चालनको अनुमति मिल्यो । सन् १९६४ बीबीसीको नाम बीबीसी १ नामाकरण गरियो, बीबीसी २ नाममा यही कर्पोरेशनको अर्को टेलिभिजन च्यानल लञ्च भयो । बेलायतमा अहिले बीबीसीका १० वटा विभिन्न च्यानल उपलब्ध छन् । मनोरञ्जन, बालबालिका लक्षित, समाचारलगायत फरक विधामा फरक टेलिभिजन सञ्चालनमा छन् । बेलायतबाहिर विभिन्न क्षेत्रमा बीबीसीका फरक च्यानलहरु प्रशारणमा छन् । अंग्रेजीबाहेक पर्सियन, अरेबिकलगायत भाषामा समेत टेलिभिजन च्यानल सञ्चालनमा छ ।

अन्य घटनाक्रम

– एटलास नामक जहाज सन् १८३४ मा भारतीय मजदुरहरुलाई लिएर मोरिसस पुगेको थियो, त्यसैले यस दिनलाई मोरिससमा आप्रवासी दिवसका रुपमा मनाइन्छ ।

– इजिप्टमा सन् १९५१ मा बेलायतविरुद्ध भएको प्रदर्शनलाई नियन्त्रण ल्याउनका लागि झन्डै ६ हजार बेलायती सैनिक तैनाथ ।

– सन् १९६४ मा साउदी अरेबियाका राजा साउदमाथि पारिवारिक कु, उनलाई सत्ताच्युत गरेर सैतेनी भाई फैसल नयाँ राजा बने ।

– पाकिस्तानको राजधानी इस्लामावादमा सन् १९९९ मा संयुक्त राष्ट्रसंघ र अमेरिकी दूतावासमा अज्ञात व्यक्तिहरुद्वारा हमला ।

– सन् २००४ चीनको हेनानमा जातीय हिंसाका कारण २० जनाको मृत्यु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.