बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयबाहेक लगानीमा पनि अब्बल छिन् नायिका, थाहा पाउनुहोस् कति फैलिएको छ अभिषेक–ऐश्वर्याको कारोबार

आइतबार, १६ कात्तिक २०७७, १४ : १२
आइतबार, १६ कात्तिक २०७७

फिल्म एउटा यस्तो व्यापार हो जहाँ लगातार उतार–चढाव देख्न पाइन्छ । यस्तै स्थिती यो इन्डष्ट्रिमा काम गर्ने कलाकारसँग पनि हुन्छ । यस्तोमा पर्दामा राम्रो स्थिती बनाउन सफल स्टार यसका लागि तयार हुन्छन् । उनीहरु सँगै मिलेर विभिन्न व्यापार चलाउँछन् । यस्तो गर्ने कलाकारको सूचीमा नायिका ऐश्वर्या राय बच्चनको नाम पनि समावेश छ ।

ऐश्वर्याको व्यापारको विषयमा धेरै कुरा जानकारीमा छैन । तर ऐश्वर्याको अभिनयका साथै कमाईका थुप्रै स्रोत छन् । नोभेम्बरमा आफ्नो जन्मदिन मनाउने ऐश्वर्याले आफ्ना श्रीमानसँग मिलेर थुप्रै स्थानमा लगानी गरेकी छिन् । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

एक समय थियो जब ऐश्वर्या राय शीर्ष नायिकामा पर्दथिन् । लगातार फिल्म गर्ने गर्थिन् । तर विवाहपछि उनको अभिनयमा थोरै ब्रेक लाग्यो । उनी लामो समयदेखि फिल्मबाट टाढा छिन् तर उनी थुप्रै उत्पादनसँग जोडिएकी छिन् । उनी थुप्रै ब्यूटी प्रोडक्टकी ब्रान्ड एम्बेसेडर हुन् र मोडलिङमार्फत् राम्रो कमाई गर्छिन् ।

यसबाहेक ऐश्वर्या बच्चनले स्टार्टअपमा पनि लगानी गरेको भन्दै खबरमा रहेकी थिइन् । एक वर्ष अघि उनले बेंगलुरुमा रहेको स्टार्टअप एम्बीमा एक करोड भारु लगानी गरेकी थिइन् । यसमा ऐश्वर्याले आफ्नी आमाका लागि पनि लगानीको ढोका खोलेकी थिइन् । ऐश्वर्याको यो स्टार्टअपमा पहिलो लगानी थियो भनेर मानिन्छ ।

ऐश्वर्याबाहेक उनका श्रीमान् अभिषेक बच्चनले पनि थुप्रै क्षेत्रमा लगानी गरेका छन् । अभिषेक पनि लगातार फिल्ममा सक्रिय छन् र उनीसँग पनि थुप्रै ब्रान्ड र विज्ञापन छ जसमार्फत् कमाई हुन्छ । यसबाहेक उनले खेलसमेत थुप्रै क्षेत्रमा लगानी गरेका छन् । एकपटक अभिषेकले ट्रोलरलाई जवाफ दिँदै आफू फिल्मबाहेक थुप्रै क्षेत्रमा सम्बन्धित रहेको जसमध्ये खेल सबैभन्दा महत्वपूर्ण भएको बताएका थिए ।

अभिषेकले प्रो कबड्डी लीगमा पिंक प्यान्थर्स र इन्डियन सुपर लिगमा चेन्नई एफसीमा लगानी गरेका छन् । यसबाहेक उनले मेरिडियन टेक पिटिईमा पनि लगानी गरेका छन् र थुप्रै प्रोडक्टसँग जोडिएका छन् । यीबाहेक अभिषेक बच्चनले केही फिल्मलाई निर्माण पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप