नेकपा नेता प्रदीप नेपालको ठहर: ओली र प्रचण्डबाट आशा नगर्नुस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले नेकपाको सिद्धान्त र विचार प्रस्ट नभएसम्म त्यसलाई राजनीतिक पार्टी भन्न नसक्ने बताएका छन् । शनिबार नेता नेपाललाई भेट्न उनकै निवास पुगेका प्रधानमन्त्री केपी शर्माओलीका सल्लाहकार, मुख्यमन्त्री र मन्त्रीसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
भेटमा प्रधानमन्त्रीका सल्लाहकारहरुले स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । तर, नेता नेपालले जवाफमा आफु केही गर्न नसक्ने भन्दै आफुमात्रै नभई, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरु जस्ताबाट पनि कुनै आशा नगर्न सुझाव दिएको बताए ।
‘मैले उहाँहरुलाई सुरुमै भनिदिए, मैले केही गर्ने होइन, म केही गर्न पनि सक्दिन । अब तपाइहरुले गर्ने हो । तपाईहरु कमसेकम एक कार्यकाल राम्ररी गर्न सक्नुहुन्छ । बढी भए दुई कार्यकाल भ्याउनुुहोला’, मन्त्री र मुख्यमन्त्रीहरुलाई दिएको सुझावबारे नेता नेपालले रातोपाटीसँग भने,‘म मात्रै होइन, केपी ओली माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डबाट पनि कुनै आश नगर्नुस् भन्दिएँ ।’
शनिबार प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णु रिमाल, सुर्य थापा, राजन भट्टराई, मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेता नपालको निवास पुगेर स्वास्थ्यअवस्था बुझनुका साथै समसामयिक विषयमा कुराकानी गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले नेता नेपालसँगको भेटमा दुर्लभ कुराकानी भएको भन्दै चिन्ता साझा रहेको बताए । उनीहरुसँगको भेटमा नेता नेपालले जनता छन्, सरकार पनि छ तर पार्टी नभएको बताएका थिए ।
‘मैले भन्दै आएको हुँ र हिजो पनि त्यही भने’, नेता नेपालले भने, ‘जनता छन्, सरकार पनि छ तर पार्टी छैन । सबभन्दा पहिला पार्टीको सिद्धान्तबारे निर्णय गर्नुपर्यो । जनताको बहुदलीय जनवाद हो कि जनताको जनवाद हो ? त्यो निर्णय नगर्दासम्म यो पार्टी हुँदैहुँदैन ।’ नेता नेपाल तार्किक र बौद्धिक नेताका रुपमा चिनिन्छन् । तर विगत केही बर्षयता स्वास्थ्य समस्या आएपछि उनी सक्रिय राजनीतिबाट टाढा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु
-
पाकिस्तानमा इमरानका ५०० जना समर्थक पक्राउ