केन्द्रीय संस्करण

जीनको प्रत्यारोपण–नवविज्ञानको उत्पत्ति

जीवन, मृत्यु र अमृतत्व

person explore access_timeकात्तिक १६, २०७७ chat_bubble_outline0

 

 

 

 

जैविक संसारमा जेजति शाखा र जीवनका जाति र उपजातिहरुका उत्पत्ति भएका छन्, ती प्रत्येकले आफ्नो अस्तित्वलाई लम्ब्याउने समृद्ध तुल्याउने र उच्चतातिर लाग्ने प्रबन्ध आफैँभित्र गरेका छन् । जीवधारी जाति उपजातिका असङ्ख्य सदस्यमध्ये कुनै एउटाको मृत्यु हुनसक्छ । सम्पूर्णताको मृत्यु हुँदैन । उपजातिकै समग्र विनास भएको देखिँदा पनि मरणोन्मुख उपजातिले आफूभन्दा माथिल्लो धरातलको सामूहिकतालाई ठाउँ दिने गर्दछ । आधुनिक विज्ञानले अहिले र गत शताब्दीमा चार्ल्स डार्विनले ‘ओरिजिन अफ स्पिसिज’ (Origin of Species) भन्ने आफ्नो पुस्तकमा त्यही कुरा देखाएका छन् । मानव जीवनतिर ध्यान दिँदा ती सिद्धान्तका सत्यता झन बढी मात्रामा प्रमाणित हुन्छ । मानव समुदायको जैविक स्वभाव सामूहिक आत्महत्या प्रवृत्तितर कुनै लक्षण छैनन्, जीवनको यो जाति नर वानर अवस्थाबाट मानवको अवस्थामा जति करोड वर्ष पहिले उक्लिएको होस्, उसले सधैँ आफ्नो विकास मात्र गरेको छ । र आत्महत्याविरुद्ध आफूलाई त्यसरी सुरक्षित राखेको छ । उपयुक्त स्थापना प्रस्तुत गरेर विचारकहरुले कुनै एउटा एकाइका अर्थात् एक्लो मानिसको मृत्युमाथि महत्त्व स्थापित गरेर खडा गरेका मृत्यु दर्शनमा कुनै अर्थ रहँदैन । त्यसकारण सम्पूर्ण मृत्यु भन्ने कुनै कुरा यो संसारमा छँदैछैन भन्ने तर्क गरेर मृत्युका भयमाथि आत्मसन्तुष्टिको पर्दा तान्ने चेष्टा गर्छन् ।

यो प्रयासले शब्दलाई समातेर त्यसको वस्तुनिष्ट होइन कि आत्मतुष्टिको कारण रौँ चिरा अर्थ झिक्ने कोसिस मात्र हो । त्यस्तो कोसिसले जीवनलाई जोगाउन सकेको छैन र सक्ने पनि छैन । वैज्ञानिकहरु त्यस्ता निरर्थक शब्दजालमा न पहिले कतै लागे न अहिले नै लागेका छन् ।

मृत्युका विरुद्ध एउटा अर्को तर ध्यानयोग्य विचार चाहिँ संसारमा उपलब्ध छ । जाति (Species) ले आफ्नो निरन्तरता र जीवन संबर्द्धन निम्ति उपाय गरेको छ । जातिका सदस्यहरु मर्दा आफ्नो लोप नहोस् भनी प्रजननको चक्रद्वारा जातिले आफ्नो रक्षा गरेको छ ।

मृत्युका विरुद्ध एउटा अर्को तर ध्यानयोग्य विचार चाहिँ संसारमा उपलब्ध छ । जाति (Species) ले आफ्नो निरन्तरता र जीवन संबर्द्धन निम्ति उपाय गरेको छ । जातिका सदस्यहरु मर्दा आफ्नो लोप नहोस् भनी प्रजननको चक्रद्वारा जातिले आफ्नो रक्षा गरेको छ । कुनै जातिको पुरुष शुक्राणुले त्यही जातिकी नारी डिम्बकोषमा आफ्नो प्रवेश गराई दुवैको विलयनको आधारमा नयाँ जीवाणुको सृष्टि गरी त्यो जीवाणुको विकासमार्फत् जातिको सदस्य सङ्ख्या बढाएर जातिको जीवन लम्ब्याउँछ ।

जन्मको यो स्वरूपलाई स्वीकारेपछि एक प्रकारको अमृत्व स्वीकृत भएको म ठान्छु । यो ‘स्वीकृति’को कुरा होइन कि जातिको जीवनको चरित्रको यथार्थता हो । यसरी हेर्दा प्राणधारीको मृत्यु हुनेभन्दा पहिले नै दोस्रो प्राणधारीको रूपमा शुक्राणु र डिम्बकोष धारिणी नर र नारीको जीवन नयाँ पुस्तामा भौतिक तौरमा पनि लम्ब्याइसकेको हुन्छ । यो स्थिति जीवनका सम्बन्धमा उत्तिकै यथार्थ सत्य हो । वैदिककालका चिन्तनकर्ताहरुले पनि जीवनसम्बन्धी यस सत्यलाई स्वीकार गरेका थिए । आत्मा वं पुत्र नामा तथा आफू नै पत्नीमा प्रवेश गरी छोरा भई जन्मिन्छ आदि भनाइ ती वैदिकहरुकै थिए । महाभारतमा शिशुपालजस्तो अद्वितीय पुरुष मारिएपछि त्यसको तेज कृष्णमा प्रवेश गरेको चर्चा छ । त्यस्तै गरी मनुष्यको अमरत्वतिर सङ्केत गर्ने यो लक्षणलाई मानवमा आफ्ना पूर्वज माता पिताका न्यूनाधिक स्वभाव, आकृति, वर्ण आदिको वंशाणुगत पुनरावृत्तिले पनि पुष्टि गरेका छन् । त्यति मात्र होइन । वंशानुगत  (Heredity) बाहेक संस्कार (Enviroment) का सिद्धान्तका प्रवक्ताहरुले पनि जीवनको निरन्तरतालाई ती दुई कारकले लम्ब्याउने गरी एक प्रकारको अमरत्वमा पुर्‍याउने गर्छन् भनी मानेका छन् । तिनको यो स्वीकृतिले सन् १९७३ देखि जीवनको चरित्रबारे पत्ता लागेको ‘जिन’ (Gene) सम्बन्धी सिद्धान्तले थप पुष्टि गरेको छ । जीवनको आधार त्यो जिन तत्त्व हो । जिनमा वंशाणुगत चरित्रको निर्धारण भएको हुन्छ । साथै संस्कार अर्थात उपलब्ध भौतिक चेतनागत सामाजिक परिवेश (Enviroment) का आधारमा, वंशाणुगत लक्षणको धारण गर्दै आएको जिनमा थप परिवर्तन हुने गर्छ । त्यसकारण नयाँ पुस्तामा र नयाँ व्यक्तिमा पुरानो पुस्ता र पुरानो व्यक्तिको सङ्क्रमण सम्पन्न हुन्छ भनेर विचारकहरुले जीवनको मूल आधार जीनको अमरत्व मानवको अमरत्वलाई स्वीकारेका छन् ।

वंशानुगत  (Heredity) बाहेक संस्कार (Enviroment) का सिद्धान्तका प्रवक्ताहरुले पनि जीवनको निरन्तरतालाई ती दुई कारकले लम्ब्याउने गरी एक प्रकारको अमरत्वमा पुर्‍याउने गर्छन् भनी मानेका छन् । तिनको यो स्वीकृतिले सन् १९७३ देखि जीवनको चरित्रबारे पत्ता लागेको ‘जिन’ (Gene) सम्बन्धी सिद्धान्तले थप पुष्टि गरेको छ । जीवनको आधार त्यो जिन तत्त्व हो ।

अत्यन्तिक मृत्युको निषेध गरी मानवको अमरत्वलाई स्वीकार गर्ने त्यस प्रकारका विचारलाई अत्याधुनिक जीवशास्त्र, शरीरशास्त्र र ती दुई आधारमा विकसित झन अत्याधुनिक जीवशास्त्र,  शरीरशास्त्र (Physiology) र ती दुई आधारमा विकसित झन अत्याधुनिक जीवनशास्त्र (Bionics) का विशेषताहरुले पुष्टि गर्न थालेका छन् । मानवको अत्याधुनिक मृत्युको विरुद्ध औषधिशास्त्र युद्धस्तरमा सङ्घर्षरत छ । वृद्धत्वलाई टार्दै सन्निकट मृत्यु र मृत्युका जीवन प्रक्रियागत कारणलाई साङ्घातिक स्तरमा परिपक्व हुन नदिएर मानिसलाई त्यसै पनि कम्तीमा एक हजार वर्षसम्मको आयु प्रदान गर्न सकिन्छ  भन्नेमा यो क्षेत्रका वैज्ञानिकहरुको विश्वास दिनहुँ बढिरहेको छ ।

मृत्युविरुद्धका यो सङ्घर्ष कैयौँ वैज्ञानिक मोर्चामा चलिरहेछ । नयाँ नयाँ प्रकारका तत्त्वतः अत्याधुनिक ‘चामत्कारिक द्रव्य’ (Wonder Drug), जीवनरक्षक द्रव्य (Life saving drug) पत्ता लगाइँदै छन् । उपचार विज्ञानका खजानामा त्यस्ता औषधिका मृत्यु विरोधी शस्त्रास्त्रका सङ्ख्या थपिँदैछ, ती हतियारका पनि नवीकरण भइरहेछन् । वृद्धत्वलाई टार्न र सत्य मृत्युलाई पराजित गर्न दक्षिण अफ्रिकाका विख्यात चिकित्सक डा. क्रिश्चियन बनार्डले मानिसको मुटुको प्रत्यारोपण सुरु गरे । त्यसपछि मुटु र मिर्गौला जस्ता मार्मिक अङ्गहरु, फोक्सो, कलेजो, रगत तथा विभिन्न अङ्ग प्रत्यङ्गका साटफेर र प्रत्यारोपण विकसित चिकित्सा प्रणालीको अभिन्न अङ्ग भइसकेका छन् । आज अस्पताल कहलिन ब्लड बैङ्क हुन प्रायः अनिवार्य आवश्यकता भएको छ । त्यस्तै इन्द्रिय र अङ्ग बैङ्कहरु स्थापित हुन थालेका छन् । प्राण पुनर्जीवन केन्द्र (Life rejuvenation Centre) खडा गरिनु निकट भविष्यको कुरा भएको छ । वैज्ञानिक कथाहरुले त्यस्ता संस्थासम्बन्धी प्रकल्पनालाई विश्वासोत्पादक तौरमा अघि बढाएका छन् ।

मृत्युविरुद्धको सङ्घर्षको अर्को बृहत् मैदान जिन प्रत्यारोपण (Gene Cloning) र जिन इन्जिनियरिङ हो ।

जिन प्रत्यारोपण आधुनिक विज्ञानको उत्पत्ति हो । प्राचीन समयमा यो संसारको कैयौँ ठाउँमा अङ्ग प्रत्यारोपणको कल्पानाहरु गरिएको पाइन्छन् । मिश्रको ‘हिकङ्कस’ भन्ने चरो र टाउको एउटा पशुको र कार्टुन शरीर अर्कै पशुको भएको ‘टाइवान’, ग्रीसको वायुपङ्खी घोडा पेगासरा, मेडुभा, गर्गन दिदी बहिनीहरु, प्ररायका, गणेश नरसिंह, बोकाको टाउको पाएको दक्ष आदिमा क्लोनसम्बन्धी पूरा कल्पनाका उदाहरण पाइएका छन् । मुनष्य, पशु र वनस्पतिबीच एक समान जीवन देखिने त्यो प्राचीन युगले वनस्पतिमा क्लोन गर्न (कलम काट्न) सकिने देखेपछि मनुष्य र पशुसमेत त्यो सम्भावनाका कल्पना गरेका हुन् भनी अनुमान गर्न सकिन्छ ।

सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्राणी जगतको डिएनए (जीन एडिटिङ) (परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि समेतदिइएकोछ । यसै पृष्ठभूमिमा२०४९ साल वैशाख १ गतेको संरचना साप्ताहिकमा प्रकाशित विद्वान लेखक मदनमणि दीक्षितको ‘जीवन, मृत्यु र अमृतत्व श्रृङ्खलाको पाँचौं अंशका रुपमा प्रकाशित प्रस्तुत लेख पठनीय रहेकोले साभार प्रकाशित गरेका छौं ।–रातोपाटी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.