तिहार नजिकिएसँगै मखमली फूलको माला बनाउने चटारो, तस्विरमा हेर्नुहोस्

कोरोनाभाइरसको महामारीको असर पुष्प व्यवसायमा पनि देखिएको छ । तिहार नजिकिदै गर्दा मखमली फूलको व्यापार जोडतोडले हुने गर्दथ्यो । तर, यसपटक कृषकहरुले महामारीलाई मध्यनजर गरेर अघिल्लो वर्षको तुलनामा फूल नै कम लगाएका छन् ।
भक्तपुरका प्रेमकृष्ण नगरकोटी पछिल्लो १० वर्षदेखि मखमली फूलको व्यवसाय गर्दै आएका छन् । उनका अनुसार महामारीका कारण पहिलेको तुलनामा कम क्षेत्रफलमा फूल रोपिएको छ । फूल रोप्ने बारीबाट मकै पनि खाएको उनी सुनाउँछन् ।
मिछीमाया नगरकोटीले पनि यसपटक पहिलेभन्दा कम क्षेत्रफलमा फूल रोपेकी छिन् । १५ वर्षदेखि फूलको खेती गर्दै आएकी उनले यसपटक महामारीले फूल व्यवसायमा पनि असर पुर्याउको बताउँछिन् । यद्यपि, तिहार नजिकिदै गर्दा बिस्तारै फूल र मालाको लागि मागहरु आउन थालेका र मखमलको फूल चाँडै नओइलाउनु हुँदा व्यवसाय यसपटक पनि राम्रै हुने आशा गरेकी छन् ।
यतिबेला उनलाई मखमली फूलको माला बनाउन भ्याइनभ्याइ छ । हेरौँ तस्विरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान