शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहकी ललितपुर जिल्ला सेक्रेटरी विदुषी पक्राउ

आइतबार, १६ कात्तिक २०७७, ०९ : ३२
आइतबार, १६ कात्तिक २०७७

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको हो ।

विप्लव समूह ललितपुरका ४१ वर्षीय डिसीएम सानुराजा बज्राचार्य (श्याम) लाई विस्फोटक पदार्थसहित ललितपुर प्रहरीले पक्राउ गरेको प्रकरणमा सेक्रेटरी अधिकारीले एक विज्ञप्ति जारी गर्दै ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्क्याएकी थिइन् ।

विज्ञप्तिमार्फत अधिकारीले सरकारको मतियार एसएसपी राईलाई जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वत्रतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने धरकपट तथा शारीरिक तथा मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन दिएकी थिइन् ।

एएसपी राईविरुद्ध वक्तव्य जारी गरेको र विस्फोटक पदार्थ बनाउने कार्यमा संलग्न रहेको आरोपमा सेक्रेटरी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत ३० र ३१ जेठमा लतिलपुर प्रहरीले तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित श्यामको कोठाबाट ग्रिनेड, बिस्फोटक पदार्थ तथा बम बनाउने सामग्रीहरु बरामद गरेको थियो । श्यामले आफ्नो कोठामा विस्फोटक पदार्थ बनाउने कारखाना सञ्चालन गरेका थिए । बम बनाउने कारखानामै प्रहरीले छापा मारेर सम्भावित दुर्घटना टारेको भन्दै त्यतिबेला प्रहरी प्रधान कार्यालयमा ठूलो उपलव्धीका रुपमा चर्चा समेत चलेको थियो ।

सेक्रेटरी अधिकारीविरुद्ध ललितपुर परिसरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दा विचाराधिन अवस्थामा रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप