ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
आइतबार, १६ कात्तिक २०७७, ०९ : १९

झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिP।
आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुरक्षा चासो र एक चीन नीतिमा कांगेस नेताहरूको प्रतिबद्धता
-
तयार भयो बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
-
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
-
ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन
-
सुरक्षा निकायसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : नेता साउद
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल