शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरबाट १८ जुवाडे पक्राउ, ११ लाख ५५ हजार बरामद

आइतबार, १६ कात्तिक २०७७, ०९ : १६
आइतबार, १६ कात्तिक २०७७

ललितपुर । ललितपुरबाट शनिबार राति १८ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका– ७ चाङ्गाथलीका शंकर बस्नेतको दुई तले पक्की घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेको सातदोबाटो वृतका प्रमुख डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरिएको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको शर्माले बताए ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सूर्यविनायक–२ का वर्ष ४९ का सुरेश पौडेल, वर्ष ४३ का पूर्णकृष्ण श्रेष्ठ, वर्ष ३६ का विकास श्रेष्ठ, वर्ष ४३ का केशव बस्नेत, वर्ष ५७ का मधुसुदन महत, वर्ष ४३ का पवन खत्री वर्ष ५४ का श्याम कायस्थ रहेका छन् ।

त्यस्तै ललितपुर महालक्ष्मी–५ का वर्ष ५४ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, वर्ष ४६ का विशबहादुर बुढाथोकी, वर्ष ४३ का सन्तोष रानामगर, महालक्ष्मी–७ बस्ने वर्ष ४३ दिप श्रेष्ठ, वर्ष ५४ का शंकर बस्नेत, वर्ष ४५ का भरत थापा, वर्ष ४० को राजाराम बस्नेत, वर्ष ५० को राजन महजन र काठमाडौँ–३२ बस्ने वर्ष ४९ का गोकुल खड्का छन् ।

प्रहरी निरीक्षक श्यामकुमार कट्वालको नेतृत्वमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप