प्रिमियर लिगः लिभरपुलको पुनरागमन, चेल्सीका लागि चम्कदै जियेच

सब्सटिट्युट डिओगो जोटाले लगातार तेस्रो खेलमा गोल गर्दा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फर्ममा रहेको वेस्टह्यामलाई पराजित गरेको छ । २–१ को जीत निकाल्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
निकै रोमाञ्चक बनेको खेलको १० औँ मिनेटमा नै स्पेनिस मिडफिल८र पाब्लो फोर्नाल्सको गोलको मद्दतले ह्यामर्सले अग्रता लिएको थियो । सात खेलमा लिभरपुलले खाएको यो १५ औँ गोल थियो । सन् २००४–०५ सिजनमा उपाधि जित्दा चेल्सीले सिजनभर यति नै गोल खाएको थियो ।
पहिलो हाफ सकिन लाग्दा मोहमद शलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । खेलको ८५ औँ मिनेटमा जेराडान शाकिरीको पासमा जोटाले निर्णायक गोल गर्दै लिभरपुललाई तीन अंक दिलाए ।
जीतसँगै सात खेलबाट लिभरपुलको १६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ ।
यता, हाकिम जियेचले लगातार दोस्रो खेलमा गोल गरेपछि चेल्सीले बर्नलीमाथि ३–० को सहज जीत हासिल गरेको छ । पछिल्लो खेलमा च्याम्पियन्स लिगमा गोल गरेका जियेचको प्रिमियर लिगमा भने पहिलो गोल हो ।
खेलको २६ औँ मिनेटमा गोल गर्दै उनले चेल्सीलाई अग्रता दिलाएका थिए । योसँगै डिएगो कोस्टापछि चेल्सीका लागि शुरुवाती दुई खेलमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । दोस्रो हाफमा कर्ट जुमाले चेल्सीको अग्रता दोब्बर बनाए भने जियेचको पासमा टिमो वेर्नरले गोल गर्दै चेल्सीको जीत सुनिश्चित गरे ।
जीतपछि चेल्सीको १२ अंक रहेको छ र लिगको चौथो स्थानमा उक्लिएको छ ।
शनिबार नै भएको खेलमा म्यान्चेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । खेलको २८ औँ मिनेटमा कायल वार्करले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो ।
जीतपछि सिटी लिगको आठौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै