ad
x
विश्व अर्थतन्त्र

विश्वमा आर्थिक मन्दी हुँदा पनि डगमगाउँदैन चिनियाँ अर्थतन्त्र, यस्तो छ कारण

‘ग्रेट इन्टरनेशनल सर्कुलेशन’पछि ‘डुअल सर्कुलेशन’ नीतिले चीनको वर्चश्व बढाउँदै

person explore access_timeकात्तिक १६, २०७७ chat_bubble_outline0

 


 



केही दिनअघि ‘ब्लूमबर्ग’ले एउटा समाचार लेख्यो– चीनमा त्यहाँका नागरिकले प्रयोग गरिसकेपछि लगाउन छाडेका २ करोड ६० लाख टन कपडा ठुलो समस्या बनेको छ । हरेक वर्ष पाँच अरब टिशर्ट बनाउने चीनमा पुराना कपडा पर्यावरणका लागि चुनौती बन्दै आएको छ ।



यस्तै, रोयटर्स समाचार एजेन्सीले चीनमा केही ठूला लग्जरी ब्राण्डका ‘सेकेन्ड ह्यान्ड प्रोडक्ट’ बेच्नका लागि कयौँ वेभसाइट सञ्चालन भएका र ती कम्पनीले संघर्ष गर्नु परिरहेको खबर प्रकाशित गर्‍यो ।



चीनसँगै जोडिएको तेस्रो समाचार पनि आयो– जुलाइदेखि सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले बढ्यो ।



अमेरिकासँग व्यापार युद्ध सुरु भएपछि लगातार चीनको अर्थतन्त्र संकटमा परेको समाचार पढ्दै आएका पाठकका लागि तेस्रो समाचार आश्चर्यजनक हुन स्वाभाविक थियो । अमेरिकी राष्ट्रपति निर्वाचनमा होमिएका डोनाल्ड ट्रम्प र जो बाइडेनका लागि पनि चीनको अर्थतन्त्रमा देखिएको यो चमत्कारपूर्ण समाचार आफ्नो सुझबुझभन्दा परको विषय बन्न पुग्यो ।



अमेरिकासँग व्यापार युद्ध सुरु भएपछि लगातार चीनको अर्थतन्त्र संकटमा परेको समाचार पढ्दै आएका पाठकका लागि तेस्रो समाचार आश्चर्यजनक हुन स्वाभाविक थियो । अमेरिकी राष्ट्रपति निर्वाचनमा होमिएका डोनाल्ड ट्रम्प र जो बाइडेनका लागि पनि चीनको अर्थतन्त्रमा देखिएको यो चमत्कारपूर्ण समाचार आफ्नो सुझबुझभन्दा परको विषय बन्न पुग्यो । यतिमात्र होइन, चीनमा आर्थिक संकट बढ्ने आँकलनका साथ त्यहाँका कम्पनीलाई आफ्नो मुलुकमा बोलाउने उपयुक्त समयको प्रतीक्षामा रहेका मुलुकहरु पनि चकित भए ।



‘डुअल सर्कुलेशन’ नीतिको चमत्कार



चीनमा मानिसहरुले लगाउन छाडेका पुराना कपडाको पहाड खडा हुनु, सेकेन्ड ह्यान्ड लग्जरी सामान बेच्नका लागि खुलेका कम्पनीले आफ्नो अस्तित्व जोगाउनकै लागि संघर्ष गर्नुपरेको र विश्व अर्थतन्त्रको निकै खराब अवस्थाका बाबजुद चीनको अर्थतन्त्रले प्रगति गर्नु तीन फरक समाचार भए पनि यी सबैको अन्तरवस्तु एकआपसमा गाँसिएका छन् । यी सबैलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘डुअल सर्कुलेशन’ नीतिले गाँसेको देखिन्छ । ‘डुअल सर्कुलेशन’को एक हिस्सा आन्तरिक सर्कुलेशन हो भने अर्को हिस्सा बाह्य सर्कुलेशन हो ।

https://statichindi.theprint.in/

विश्व अर्थतन्त्रको निकै खराब अवस्थाका बाबजुद चीनको अर्थतन्त्रले प्रगति गर्नु तीन फरक समाचार भए पनि यी सबैको अन्तरवस्तु एकआपसमा गाँसिएका छन् । यी सबैलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘डुअल सर्कुलेशन’ नीतिले गाँसेको देखिन्छ । ‘डुअल सर्कुलेशन’को एक हिस्सा आन्तरिक सर्कुलेशन हो भने अर्को हिस्सा बाह्य सर्कुलेशन हो ।

आन्तरिक सर्कुलेशनअन्तर्गत चीनले घरेलु माग र खपत बढाएको छ । चीन विश्वको सबैभन्दा ठुलो निर्यातकर्ता मात्र नभएर सबैभन्दा ठुलो आयातकर्ता मुलुक पनि हो । चीनको घरेलु बजार शक्तिशाली छ । लगभग १.४ बिलियनभन्दा बढी जनसंख्यामध्ये मध्यम वर्ग तीव्र गतिमा बढिरहेको छ । चीनको ६० प्रतिशत जनसंख्या सहरमा बस्छ । जसले गर्दा ‘कन्जुमर मार्केट’लाई विशालकाय बनाइदिएको छ । परिणामस्वरुप तमाम छुट र प्रोत्साहनका बाबजुद चीनमा मेनुफ्याक्चरिङ बेस बनाएका निकै कममात्र बहुराष्ट्रिय कम्पनीहरु चीनबाट बाहिरिन चाहन्छन् । किनकि वैश्विक अर्थतन्त्र सुस्त भएको अवस्थामा पनि विशालकाय चिनियाँ बजार आफ्ना लागि ‘रामवाण’ बन्न सक्छ भन्ने उनीहरुले राम्ररी बुझेका छन् ।

घरेलु खपत बढाउने चीनको प्रयासले पनि तीव्र रुपमा प्रगति गरिरहेको छ । त्यसो त सन् २००६ देखि नै चिनियाँ नेतृत्वले देशको जीडीपीमा उपभोक्ता खर्चको हिस्सा तीव्र रुपमा बढाउन र इन्फ्रास्ट्रक्चरमा बढी मात्रामा लगानी होस् भन्नेमा जोड दिँदै आएको छ । तर सी चिनफिङले यो रणनीतिलाई कडाइका साथ लागू गर्न थालेका छन् । उनले हालैका दिनमा मकैको खेती अवलोकन गर्नु, स्टील कारखाना निरीक्षण गर्नु, इनोभेसन सेन्टर निरीक्षण गर्नुजस्ता परिदृष्यले प्रस्ट पार्दछ कि चिनियाँ नेतृत्व घरेलु खपत बढाउन हरसम्भव प्रयास गरिरहेको छ । खासगरी अमेरिकासँग टेक्नोलोजी विवादले चीनलाई माइक्रो चिप र सेमी–कन्डक्टर बनाउनका लागि ठुलो लगानी गर्न प्रेरित गरेको छ ।

घरेलु खपतको बलमा दौडिरहेको छ चिनियाँ अर्थतन्त्र

सन् २००८ मा चीनको ट्रेड सरप्लस (आयातको तुलनामा निर्यात बढी) उसको जीडीपीको ८ प्रतिशत थियो तर सन् २०१८ मा त्यो घटेर १.३ प्रतिशतमा सीमित भएको छ । जबकि यो दर जर्मनीमा ५ र दक्षिण कोरियामा ८ प्रतिशत थियो । अमेरिका अहिले पनि चीनको तुलनामा आयातमा बढी निर्भर छ ।

चिनियाँ अर्थतन्त्र अब निर्यातको भरमा नभई घरेलु खपतको बलबुतामा दौडिरहेको छ । सन् २०१५ सम्म १६ मध्ये ११ त्रैमासिकमा चीनको जीडीपीमा घरेलु खपतको हिस्सा ६० प्रतिशत थियो । चीन आज दुनियाँको सबैभन्दा ठुलो अनलाइन रिटेल मार्केट बनेको छ ।

चिनियाँ अर्थतन्त्र अब निर्यातको भरमा नभई घरेलु खपतको बलबुतामा दौडिरहेको छ । सन् २०१५ सम्म १६ मध्ये ११ त्रैमासिकमा चीनको जीडीपीमा घरेलु खपतको हिस्सा ६० प्रतिशत थियो । चीन आज दुनियाँको सबैभन्दा ठुलो अनलाइन रिटेल मार्केट बनेको छ । ‘म्याकेन्जी’को एक रिपोर्टअनुसार लग्जरी वस्तु, मोबाइल फोन, मदिराको विश्व बजारमा चीनको हिस्सा ३० प्रतिशत अर्थात् चिनियाँ उपभोक्ताकै छ ।

चिनियाँ नागरिकले प्रयोग गरी फ्याँकेका पुराना कपडाको पहाड बन्नु र सेकेन्ड ह्यान्ड लग्जरी वस्तुका विक्रेताले बजारमा टिकिरहनका लागि संघर्ष गर्नु परिरहेको अवस्थाले नै चिनियाँ उपभोक्ताको खपतको शक्ति कति छ भन्ने देखाउँछ । पछिल्लो समय चिनियाँ उपभोक्ताको समृद्धि यति बढिसकेको छ कि उनीहरु पुरानो वस्तु प्रयोग गर्नुलाई आर्थिक र सामाजिक रुपमा राम्रो नजरले हेर्दैनन् ।

चिनियाँ उपभोक्ताको शक्ति

चीनको श्रमिक जनसंख्यासँग अघिल्लो पुस्ताको तुलनामा खानपिनका अतिरिक्त अन्य वस्तुमा खर्च गर्नका लागि बढी पैसा छ । चीनमा  मजदुरी दर सस्तो हुन्छ भन्ने मान्यता अन्त्य भइसक्यो । श्रमिकलाई कम पारिश्रमिक दिएर देशले घरेलु खपत र मागको बलमा ठुलो अर्थतन्त्र बन्न सम्भव छैन भन्ने कुरालाई चिनियाँ नेतृत्वले राम्रोसँग बुझिसकेको छ । त्यसैले पछिल्लो समय चिनियाँ उद्योगमा काम गर्ने मजदूरको तलब र भत्तामा उल्लेख्य वृद्धि गरिएको छ । यसले गर्दा घरेलु बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

चीनमा  मजदुरी दर सस्तो हुन्छ भन्ने मान्यता अन्त्य भइसक्यो । श्रमिकलाई कम पारिश्रमिक दिएर देशले घरेलु खपत र मागको बलमा ठुलो अर्थतन्त्र बन्न सम्भव छैन भन्ने कुरालाई चिनियाँ नेतृत्वले राम्रोसँग बुझिसकेको छ । त्यसैले पछिल्लो समय चिनियाँ उद्योगमा काम गर्ने मजदूरको तलब र भत्तामा उल्लेख्य वृद्धि गरिएको छ । यसले गर्दा घरेलु बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

हिजोआज चीनमा रोजगार युवाशक्ति र उनीहरुको खपत क्षमता यति बढेको छ कि उनीहरु आफ्नो बलबुतामा वैश्विक खपतलाई नयाँ रुप दिन सक्षम छन् ।

चीनको सहरी उपभोक्ताले आफ्नो आम्दानीको ज्यादा हिस्सा यातायात, कम्युनिकेशन, शिक्षा र स्वास्थ्यमा खर्च गर्न थालेका छन् । अब भोजन उनीहरुको चिन्ताको विषय बन्न छाडेको छ । सन् २००० मा एउटा औसत चिनियाँ परिवारले आफ्नो आम्दानीको ५० प्रतिशत हिस्सा भोजनमै खर्च गर्दथ्यो । तर सन् २०१७ मा यो दर घटेर २५ प्रतिशतमा सीमित रहन पुग्यो ।

यो मामिलामा चीन विकसित देशको बराबरीमा आइपुगेको छ । जापानको एक औसत परिवारले भोजनका लागि आफ्नो कमाइको २६ प्रतिशत हिस्सा खर्च गर्दछ । दक्षिण कोरियामा यो दर २९ प्रतिशत छ भने अमेरिकामा १७ प्रतिशत छ ।

‘ग्रेट इन्टरनेशनल सर्कुलेशन’पछि ‘डुअल सर्कुलेशन’

चीनलाई बलियो आर्थिक शक्ति राष्ट्र बनाउने सपना देखेका देङ्ग श्याओ पिङ्गले तीन दशक अघि ‘ग्रेट इन्टरनेशनल सर्कुलेशन’को नीति अपनाएका थिए । यसमा घरेलु म्यानुफ्याक्चरिङ लर अन्तर्राष्ट्रिय बजारमा निर्यातलाई चिनियाँ अर्थव्यवस्थाको मेरुदण्ड मानिएको थियो ।

सन् २००८ को वित्तीय संकटले चिनियाँ नीति निर्मातालाई यो मोडलको सीमाहरुप्रति सतर्क तुल्याइदियो । अमेरिकासँगको व्यापार युद्धले बाँकी काम पूरा गरिदियो । त्यसपछि चिनियाँ नेताले देशको अर्थव्यवस्थाका लागि बाहिरी खपतमा निर्भर रहन उचित नहुने निष्कर्ष निकाले । घरेलु खपतको बलबुतामा अर्थतन्त्र टिकाउन ‘डुअल सर्कुलेशन’ नीति अख्तियार गरियो । चीन निर्यातमा आधारित अर्थव्यवस्था भएको मुलुक हो र उसमाथि प्रतिबन्ध लगाएर विवश तुल्याउन सकिन्छ भन्ने सोच राख्नेहरुले चीनको घरेलु बजारको शक्तिलाई आँकलन गर्नै सकेनन् ।

चीन निर्यातमा आधारित अर्थव्यवस्था भएको मुलुक हो र उसमाथि प्रतिबन्ध लगाएर विवश तुल्याउन सकिन्छ भन्ने सोच राख्नेहरुले चीनको घरेलु बजारको शक्तिलाई आँकलन गर्नै सकेनन् ।

कोरोनाको कहरबाट चीनको अर्थतन्त्र यति चाँडो ‘रिकभर’ हुनुमा उसको सुदृढ घरेलु बजारकै अहम् भूमिका छ । आफ्नो ठुलो जनसंख्याका लागि लगातार भोजन, ऊर्जा, नयाँ प्रविधिको प्रबन्ध गर्नु चीनका लागि सबैभन्दा ठुलो चुनौती हो । यी तीनै कुराका लागि चीन धेरै हदसम्म अन्य मुलुकसँग निर्भर थियो । चिनियाँ नेतृत्वले आयातका माध्यमबाट आवश्यकता पूरा हुने भए पनि यसले देशको खजानाको स्थिति कमजोर तुल्याउने र यो नीतिबाट आर्थिक वृद्धिमा ठुलो छलाङ मार्न नसक्ने महसुस गर्दै घरेलु काम र खपत बढाउने रणनीतिलाई जोड दियो । विश्वको अर्थव्यवस्था संकटमा परिरहेको र वैश्विकरणको चमक फिका भएको समयलाई नै उपयुक्त मानेर चीनले यो नीतिलाई अख्तियार गरेको छ । सही समयमा सही प्रहार गर्नुले नै चिनियाँ नेतृत्वलाई सफल तुल्याएको हो । 

स्रोतः द प्रिन्ट Title Picture: https://www.chinausfocus.com

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।