बेलायतमा दैनिक ४ हजारको मृत्यु हुनसक्ने

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ग्ल्याण्डमा दोस्रो चरणको लकडाउन गर्ने तयारी गरेका छन् । पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा वृद्धि हुँदै गएपछि सरकारले इङ्ग्ल्याण्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको हो । क्रिसमसको समयमा लकडाउन खुकुलो पार्ने गरि आगामी सोमबार प्रधानमन्त्रीले लकडाउनको घोषणा गर्ने बताइएको छ ।
गएराती बीबीसीले प्राप्त गरेको एक गोप्य दस्तावेजअनुसार अघिल्लो पटकको तुलनामा यसपटक चार गुणा बढी मानिसहरुको मृत्यु हुन सक्ने उल्लेख छ । दस्तावेजका अनुसार बेलायतमा दैनिक ४ हजार मानिसहरुको मृत्यु हुने बताइएको छ । जबकि यसअघि एक दिनमा एक हजारसम्म मानिसको मृत्यु भएको थियो । आज साँझ प्रधानमन्त्री बोरिस जोन्सन, इङग्ल्याण्डका चीफ मेडिकल अफिसर क्रिस विट्टी तथा सरकारका चीफ साइन्टिफिक एड्भाइजर सर प्याट्रिक भ्यालेन्सबीच छलफल हुने भएको छ ।
दोस्रो चरणको लकडाउनले विशेषगरि व्यापारिक क्षेत्रमा नराम्रो असर पार्ने बताइएको छ । तर स्कुल कलेज र विश्वविद्यालयमा नयाँ नियम लागू नहुने बताइए पनि यसको आधिकारिक पुष्टि हुन् बाँकी नै छ । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या, मृतकको संख्या र हस्पिटल भर्ना हुनेको संख्या अत्यधिक बढ्न थालेपछि सरकार राष्ट्रिय लकडाउनको तयारीमा जुटेको हो । यसअघि भने सरकारले राष्ट्रिय लकडाउन नगरिने बताउँदै आएको थियो ।
युरोपका बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएपछि सोही महादेशको सबैभन्दा बढी प्रभावित ब्रिटेनले संक्रमण नियन्त्रणको लकडाउनको विकल्प रोज्न लागेको हो । सरकारको प्यान्डामिक मोडलिङ ग्रुप ‘एसपीआइ एम’ ले तयार पारेको दस्तावेज प्रधानमन्त्रीले हेरिसकेको बताइएको छ । बैज्ञानिक सल्लाहकारहरुको समूह सेज ग्रुपले जाडो यामका बेला कम्तीमा ८५ हजार मानिस मर्न सक्ने बताएका छन् ।
हिजो शुक्रबार मात्र बेलायतमा २४ घण्टाभित्र २७४ जनाको मृत्यु भएको थियो भने २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ४६ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमित संख्या करिब दश लाख पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म