डोटी जिल्ला अस्पतालमा पहिलो पटक आइसियु र भेन्टिलेटर जडान गरिँदै
शनिबार, १५ कात्तिक २०७७, ११ : ४४

डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर शय्या जडान गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर शय्या उपलब्ध गराएको हो ।
विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आइसियु र भेन्टेलेटरसहितको श्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।
जोशीका अनुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती श्याहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य शुरु हुनेछ ।
प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसीआर मेसिन जडान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा
-
राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए