मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काजल अग्रवालले गरिन् गौतम किचलुसँग विवाह, पहिलो तस्बिर बाहिरियो

शनिबार, १५ कात्तिक २०७७, ०९ : ०६
शनिबार, १५ कात्तिक २०७७

एजेन्सी – अभिनेत्री काजल अग्रवालले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरिन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् । 

सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ । 

उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् । शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् । 

 

यही महिनाको शुरुवातमा व्यवसायी गौतम किचलुसँग विवाहको बारेमा खुलासा गरेकी छिन् । काजलका मेहेन्दी र ब्याचलर पार्टीको तस्बिरहरु पनि सार्वजनिक भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप