शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङका ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

शनिबार, १५ कात्तिक २०७७, ०८ : ०८
शनिबार, १५ कात्तिक २०७७

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-४ निवासी एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो । 

उनी  कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई  कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो । बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको मृत्यु भएको हो । 

यो सँगै बाँके जिल्लामा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँकेका ३० जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप