शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुमार विकको खुट्टा छिनाल्ने आरोपितको जुत्तामा जब रगत देखियो...

शुक्रबार, १४ कात्तिक २०७७, २३ : ०३
शुक्रबार, १४ कात्तिक २०७७

काठमाडौं । तुलसीपुरमा खुट्टा छिनाल्ने गरि भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका( १६ का २२ वर्षीय पवन चौधरी र १० पड्डा बस्ने २४ वर्षीय अमृत चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेका अभियुक्तहरुले लगाएको जुत्तामा रगत देखेपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

उनीहरुले दशैं टिकाको दिन सोमवार राति पौने दश बजे तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको धारिलो हतियारले आक्रमण गरेर खुट्टा छिनालेका थिए ।  आक्रमणबाट विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग काटिनुको साथै दुवै हातको हत्केला र ढाँडमा गहिरो चोट लागेको प्रहरीले बताएको छ ।

घाइते विक दशै टिकाको दिन तुलसीपुर १० टरिगाउँस्थित आफनो भान्जाको विवाह भोज खाएर घरतर्फ फर्कदै गर्दा उनीहरुले राती गोलौरामा एक्कासी आक्रमण गरेका थिए ।  सोहि दिन गोलौराको एक घरमा दशै रमाईलो भईरहेको समयमा स्थानियहरु विच विवाद हुँदा एक जनामाथि कुटपिट भएको घटनालाई लिएर उनीहरुले विकमाथि आक्रमण गरेको डिएसपी सिंहले बताएका छन् ।

गोलौरामा स्थानिय विच झगडा भएको र घाइते विक पनि भान्जाको घरमा सामान्य विवाद गरी घर जान्छु भनि निस्कदा गोलौरा विवादित पक्ष उनीहरुले झगडा गरेर आएको होस भनेर सोध्दा विकले पनि हो भन्ने जवाफ दिएपछि उनीमाथि आक्रमण भएको आरोपितहरुले प्रहरी सामु बयान दिएका छन् ।

विक र आरोपितहरु विच कुनै रिसीवी र झैझगडा नभएको अवस्थामा उनी आउनु भन्दा अगाडी गोलौरामा भएको विवादलाई लिएर उनीहरुले आक्रमण गरेको प्रहरीले बताएको छ । साथै उनीहरुले प्रयोग गरेको धारिलो हतियार खुर्पा, कपडा पनि प्रहरीले फेला पारेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए ।

घाइते विकका छोराले वुवा एक्लै रातको समयमा घर भएको भन्दै खोज्दै जादा उनले गम्भिर घाइते अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । पिडित पक्षले जाहेरी दिएपछि मुद्धा प्रक्रिया अघि बढ्ने सिंहको भनाई छ ।  अहिले विकको भारतको लखनउमा उपचार भइरहेको डीएसपी सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप