शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो

शुक्रबार, १४ कात्तिक २०७७, २२ : ४२
शुक्रबार, १४ कात्तिक २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको   संख्या  शुक्रबार साँझसम्म ४६ हजार नाघेको छ ।  शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो  २४ घन्टामा थप २७४ जना कोरोना  संक्रमितको मृत्यु भएको छ  । योसँगै बेलायतमा हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४६ हजार २२९ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी दिएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु रहेका छन् ।  

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप २४ हजार ४०५ जना नयाँ  संक्रमित पुष्टि भएको  छ । करिब २४ घन्टामा ३ लाख ४४८ हजारमा गरिएको परीक्षणमा २४ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् । यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ८९ हजार ७४५ पुगेको छ ।

कोरोनाको संक्रमण बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक रुपमा बढ्दै गैरहेको छ  । पछिल्लो २४ घन्टामा एक हजार ४८९ जना कोरोना  संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ९७५ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने  १० हजार ७०८ जना कोरोना संक्रमितको अस्पतालमा  उपचार भैरहेको  मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप