शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ यूकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने

शुक्रबार, १४ कात्तिक २०७७, २२ : ३७
शुक्रबार, १४ कात्तिक २०७७

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले बेलायतस्थित नेपाली समुदायलाई लक्षित गरी जनस्वास्थ्यसम्बन्धी चेतनामूलक ‘स्वास्थ्य सम्वाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको र कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा सो कार्यक्रम गर्न लागिएको हो ।

संवाद कार्यक्रममा नेप्लिज डक्टर्स एशोसिएसन यूके, नेप्लिज नर्सिङ एशोसिएसन यूके र एनआरएनए यूके स्वास्थ्य समितिसँग सहकार्य गरिने वरिष्ठ पत्रकार एवम् शाखाका सल्लाहकार भगिरथ योगीले जानकारी दिए । सम्वाद कार्यक्रम सञ्चालनका लागि शाखाले सल्लाहकारको रुपमा भगिरथ योगीलाई तोकेको छ भने वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालको संयोजकत्वमा उपाध्यक्ष बिमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी र जगन कार्कीसहितको एक समिति गठन गरेको छ ।

नोभेम्बरको पहिलो सातादेखि कम्तीमा तीन महिनासम्म सञ्चालन हुने सो सम्वादमा सर्वसाधारणले बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुसँग आफ्ना जिज्ञासा राख्ने अवसर पाउने  पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले जानकारी दिए । बुधबार साँझ भर्चुअल रुपमा सम्पन्न कार्यसमिति बैठकले सो कुराको निर्णय गरेको हो ।

यसैगरी, बैठकले शाखाका सदस्यहरुको वृत्तिविकासका लागि भर्चुअल तालिम लगायतका कार्यक्रम गर्न शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई संयोजक र भगिरथ योगीलाई सल्लाहकार  तोकेको छ । शाखाद्वारा स्थापित एक  हजार पाउण्ड राशीको पत्रकारिता पुरस्कारको कार्यविधि बनाउन सचिव जगन कार्कीलाई जिम्मा दिइएको छ ।  आगामी नोभेम्बर २९ तारिखका दिन  शाखाले भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको छ । साधारणसभाको संयोजनको जिम्मा उपाध्यक्ष बिमला सेनेलाई दिइएको छ ।

अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिव गोपाल सिवा र मध्यपूर्वका पत्रकार रोशन श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै एक शोक प्रस्ताव समेत पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप