भक्तपुरमा हालसम्म होम आइसोलेशनमा ६ को मृत्यु
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान ती महिलाको होम आइसोलेशनमै मृत्यु भएको हो ।
भक्तपुरमा अहिलेसम्म होम आइसोलेशनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ जना पक्राउ
-
सुदूरपश्चिममा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक पक्रिने प्रयास
-
पालिकामा रङ्गशाला निर्माण
-
वेष्ट ह्यामलाई निकैपछि घरेलु मैदानमा राहत
-
नारायणको बार आज कसलाई कति लाभदायी ? हेर्नुहोस् राशिफल