मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीमा शक्तिशाली भूकम्प, ग्रीससम्म धक्का महसुस

शुक्रबार, १४ कात्तिक २०७७, १९ : २७
शुक्रबार, १४ कात्तिक २०७७

ग्रीक टापु सामोसभन्दा उत्तरमा रहेको टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । यसको धक्का एथेन्स र इस्तान्बुलसम्म महसुस भएको थियो ।

टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन ढलेका छन् ।

टर्की र ग्रीस फल्ट लाइनमा पर्दछन् र त्यहाँ समय–समयमा भूकम्प गइरहन्छ । सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा मानिसहरु ढलेका भवनभित्र मानिसहरुलाई खोजिरहेको देख्न सकिन्छ ।

गत जनवरीमा टर्कीको पूर्वी एलाजीग प्रान्तमा भूकम्प जाँदा ३० जनाले ज्यान गुमाएका थिए भने १६ सयभन्दा बढी भाइते भएउका थिए ।

टर्कीको इज्मीट सहरमा सन् १९९९ मा गएको शक्तिशाली भूकम्पमा १७ हजारले ज्यान गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप