बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा  १९ हजार ७५२ सक्रिय संक्रमित, ३३३ को मृत्यु

शुक्रबार, १४ कात्तिक २०७७, १६ : ३४
शुक्रबार, १४ कात्तिक २०७७

काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १९ हजार ७५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा ७८१ महिला र ११०७ जना पुरुष रहेका छन् । यस्तै हालसम्म उपत्यकामा ३३३ जनाको मृत्यु भइसकेको छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा हाल १६ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या ४४ हजार २८८ रहेको छ । २१२ जनाको मृत्यु भएको काठमाडौंमा हालसम्म जम्मा संक्रमित ६० हजार ७४२ जना रहेका छन् । 
यसैगरी भक्तपुरमा सक्रिय संक्रमित११६५ रहेका छन् भने निको हुनेको संख्या ४ हजार ४२२ रहेको छ । अहिलेसम्म ६३ जनाले ज्यान गुमाएको भक्तपुरमा कुल संक्रमित ५ हजार ६५० पुगेको छ । 
यसैगरी ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ३४५ रहेको छ भने निको हुनेको संख्या ६ हजार १९६ रहेको छ।  

हालसम्म ५८ जनाले ज्यान गुमाएको ललितपुरमा जम्मा संक्रमित ८ हजार ५९९ जना रहेका छन् । 

मन्त्रालयका अनुसार हालसम्म देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । 

यस्तै २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ९२० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप