पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको जनाइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् । उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए ।
मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् ।
यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार नै मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार बिहान उनको होम आइसोलेसनमा निधन भएको हो । उनमा १२ गतेमात्रै कोरोना पुष्टि भएको थियो ।
पछिल्लो विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने ७ हजार २८१ जनामा संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा