बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युट्यव ट्रेडिङको शीर्ष स्थानमा साहिमाको ‘ओक्कल दोक्कल’

शुक्रबार, १४ कात्तिक २०७७, १२ : २४
शुक्रबार, १४ कात्तिक २०७७

काठमाडौं । चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको स्वर रहेको डान्सिङ गीत ‘ओक्कल दोक्कल’ले युट्यवको शीर्ष स्थान ओगट्न सफल भएको छ । 
केही दिन पहिले सार्वजनिक गीतले विहिबारबाट युट्युव ट्रेडिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

गायिका श्रेष्ठले बालापनको यादलाई ताजा गराउँदै दशैं कोसेली स्वरुप यो गीत सार्वजनिक गरेकी थिइन् । गीतमा गायक सन्दिप न्यौपानेको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको छ ।
गीतको भिडियो भने जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ । पवन सुसलिङको छायाँकन रहेको भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप