केन्द्रीय संस्करण

चियापान– राष्ट्रियता र प्रजातन्त्रका पक्षमा थालिएको राजनीतिक भेटघाटको माध्यम

बीपीले चियापानको एउटा सामान्य भेटघाटको दूरदृष्टिले देखाएको बाटोमा अहिले पनि हिँड्नु आवश्यक

person explore access_timeकात्तिक १४, २०७७ chat_bubble_outline0

 

 

नेपाली काँग्रेसले यसपटक कोजाग्रत पूर्णिमा दिन गर्ने राजनीतिक भेटघाट प्रयोजनको चियापान नगर्ने निधो गरेको समाचार आएको छ जुन चियापानको चलन बीपीले २०३५सालबाट सुरु गर्नु भएको थियो चाबहिलको आफ्नो निवासको सानो आँगनबाट । बीपी त्यो ताक स्वर्गीय तारिणीप्रसाद कोइरालाको निजी निवास चाबहिलको जयवागेश्वरीमा बस्नुहुन्थ्यो ।

यसपटक कोरोना कहरका कारणले धेरै परम्परागत चलनहरु स्थगित भएका छन् । कतिपय साँस्कृतिक चलनहरु पनि या त स्थगित गरिए या त छोटोरुपमा मनाइए । दसैँको चाड पनि त्यस्तै मेसोमा परेको छ । सकेसम्म जोगिएर मनाउने कुरामा सबै संयमित देखिन्छन् किनभने यही दसैँताक नै काभिड—१९ ले आफ्नो गति तीब्र बनाएको छ । कोरोना संक्रमणका कारणले चिकित्सालयहरुमा तत्काल सेवा चाहिनेहरुका लागि पनि सेवाको प्रवन्ध गर्न नसक्ने अवस्था देखिएको छ । यसै मारमा २०३५सालदेखि बीपी कोइरालाले सुरु गर्नु भएको राजनीतिक भेटघाटको माध्यम बनेको चियापान पनि परेको छ । नेपाली कांग्रेसले यसपटकको कोजाग्रत पूर्णिमामा चियापानको माध्यमबाट गरिने राजनीतिक सहिष्णुताको प्रतीक चियापान नगर्ने निधो गरेको छ । कहिले शीर्षस्थ नेताहरुको निधनमा त कहिले मुलुकमा दैवी प्रकोपबाट भएका जनधनको हानिका बेलामा मृतक र पीडितहरुको सम्झनामा पनि चियापानको व्यवस्था गरिएको थिएन ।

कोरोना संक्रमणका कारणले चिकित्सालयहरुमा तत्काल सेवा चाहिनेहरुका लागि पनि सेवाको प्रवन्ध गर्न नसक्ने अवस्था देखिएको छ । यसै मारमा २०३५सालदेखि बीपी कोइरालाले सुरु गर्नु भएको राजनीतिक भेटघाटको माध्यम बनेको चियापान पनि परेको छ ।

बीपी कोइराला जब २०३३सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर तत्कालीन अवस्थाको खतरनाक अवस्थामा नेपाल आउनु भयो, त्यो बेलामा बीपीले एउटै कुरामा जोड दिनु भएको थियो —नेपालको अस्मितामाथिको कालो बादल । नेपाललाई कतैबाट निल्ने जस्तो अवस्था अनुभूत गरेर स्वनिर्वासनबाटै भए पनि नेपाल निःशर्त फर्कनु भएको थियो आफ्ना सहकर्मी समकक्षी नेता गणेशमान सिंहसँगै । बीपीले सशस्त्र क्रान्ति गर्नुभयो प्रजातन्त्रका लागि, राजासँग विवाद गर्नुभयो प्रजातन्त्रका लागि तर बीपी चाहनु हुन्थ्यो —नेपालको राष्ट्रियतामा कालो बादल मडारिएको छ, आपूmमा आएको त्यो अन्तर्दृष्टिसहितको दूरदृष्टि  सबैमा सम्यक तरिकाले वितरण गर्न चाहनु हुन्थ्यो, भन्न चाहनु हुन्थ्यो  । त्यसैले सबैमा त्यो सन्देश पुर्‍याउन त जरुरी थियो तर उहाँमाथि प्रतिवन्ध थियो, उहाँ कारागारमा हुुनुहुन्थ्यो । उहाँमाथि त्यस्ता ७—७ओटा मुद्दा थिए विशेष अदालतमा थिए कि कुनै पनि मुद्दाले उहाँलाई तत्कालीन अवस्थामा फाँसीको सजाय हुनसक्थ्यो । मुलुक झन झन राजनीतिक कठोरतातर्फ जाँदै थियो र पनि बीपीको त्यो अन्तर्मनको त्रासदीले निकास पाउँदै थियो ।

बीपीले एउटा भयावह सपना देख्न थाल्नु भएको थियो, यदि नेपालीहरु एक भएनौँ भने यो देशको अस्मिता एकदिन, एकाविहानै चाँडै समाप्त हुनेछ । कसले भनेर किटान नगरेकाले कसैले त्यो दोष भारततिर लगाए भने कसैले चीनतिर देखाए । तर बीपीको स्पष्ट संकेत के  थियो भने निरंकुश शासनमा शासनमा बस्नेलाई खुसी पारेर भित्रभित्रै खोक्रो पार्ने चलन हुनाले नेपाल विदेशीहरुको खेल मैदान बन्न थालेको छ र त्यसबाट एकाविहानै राजाको शासन पनि जानेछ र सँगै नेपाल भन्ने देश पनि  जानेछ । बीपीको प्रत्यक्ष निगरानीमा छापिने तरुण पत्रिका एकपटक यस्तो लेखिएको थियो मिश्रका रक्तपातविहीन क्रान्तिबाट  अपदस्थ भएका राजा फारोँको भनाइ—अब संसारमा मात्र ५ओटा बादसाह मात्रै रहनेछन्,तासमा४ओटा के चिन्ह भएका बादसाह र बेलायतका एउटा बादसाह । अर्थात् अघिल्ला दिनसम्म, सुत्नेबेलासम्म कतै केही छनक नभएको मिश्रमा भोलिपल्ट राजा अपदस्थ भएका थिए रक्तपातविहीन क्रान्तिबाट । त्यस्तै हुँदैछ नेपालमा राजाका नाममा मुलुक खोक्रो हुँदैछ राष्ट्रियताका विरुद्धमा भित्रभित्रै केही भइरहेको छ । त्यसलाई कसैले सिक्किमसँग जोडेर भने त कसैले तिब्बतसँग जोडेर भने तर बीपीले कुनै देशको नाम लिनु भएको थिएन । अनि राजालाई सचेत गराउन र राजाबाट सेनाको प्रत्यक्ष सहयोगबाट प्रजातन्त्रको घाँटी निमोठेकाले राजाले नै यसमा सजग भई प्रजातान्त्रिककरणमा जनतासँग सहकार्य गरुन् भन्ने बुझ्न सकिन्थ्यो ।  यसलाई बीपीले राजासँग राष्ट्रियताको प्रश्नमा एकता र प्रजातन्त्रका पक्षमा संघर्षको नीति लिनु भएको थियो ।

नेपाली कांग्रेसले गतसाल आयोजना गरेको चियापान

बीपीलाई नेपाल प्रवेश गरेकै बेलामा अर्थात् २०३३साल पुस १६गतेबाट नै थाती राखिएको मुद्दा ब्युँताएर सुन्दरीजल जेलमा लगियो । पछि बीपीलाई विशेष अदालत ल्याउन र लैजान पर्ने भएकाले गणेशमानजी र बीपीलाई प्रहरी तालिम केन्द्र, महाराज गन्जमा हिरासतमा राखिएको थियो । त्यहीबिच बीपीको क्यान्सरको अवस्था खतराजनक देखिएकाले बीपीलाई ओखती गर्न राजाले विदेश समेत पठाए । बीपी कहिले बाहिर त कहिले हिरासतमा रहन थाल्नु भयो । अचानक नेपाली राजनीतिक वृत्तमा नयाँ नयाँ समीकरण देखा पर्न थाले राष्ट्रिय कारणले र अन्तराष्ट्रिय कारणले पनि । २०३५साल भदौमा बीपीलाई उहाँकै रोहबरमा जब छोडियो अनि बीपीले आफ्ना कुराहरु सार्वजनिकरुपमा भन्न थाल्नुभयो । अनि बीपीसँग कुरा गर्न भनेर सरकारले पनि मानिस पठाउँथ्यो होला तर बीपीका समकालीन तथा मुलुकलाई माया गर्ने नेताहरु बेलामौकामा त आउँथे तर बीपीको निवासमा प्रवेश गर्ने ठाउँमा गुप्तचरहरु हुन्थे । त्यो बेलामा बीपीप्रतिको निगरानी नेपालले मात्र गर्दैनथ्यो, बाहिरी शक्तिहरुले पनि उत्तिकै चासोका साथ वास्ता गरिरहेका हुन्थे । बीपी तत्कालीन भारतका राजकीय नेतृत्वसँग नेपालका वारेमा विवाद भएपछि आफ्नो देश फर्कनु भएको भनेर अन्तराष्ट्रिय प्रेसले बारम्बार भनेको थियो । बीपीको पक्षमा सोसलिस्ट इन्टरनेसनल त थियो, उनीहरु नेपाललाई दबाब दिने हैसियत त राख्थे तर उनीहरु नेपालमा हस्तक्षेप नगरुन् भन्ने बीपीकै चाहना थियो । आफैँ नेपालमा राष्ट्रिय एकताको अवस्था सृजना गर्न सक्षम रहेको उहाँमा एउटा दृढ भावना देखिन्थ्यो, चहक देखिन्थ्यो अनुहारमा कि नेपालको समस्याको समाधान नेपालीले आफैँ गर्न सक्छौँ ।

बीपीको प्रत्यक्ष निगरानीमा छापिने तरुण पत्रिका एकपटक यस्तो लेखिएको थियो मिश्रका रक्तपातविहीन क्रान्तिबाट  अपदस्थ भएका राजा फारोँको भनाइ—अब संसारमा मात्र ५ओटा बादसाह मात्रै रहनेछन्, तासमा ४ओटा के चिन्ह भएका बादसाह र बेलायतका एउटा बादसाह । अर्थात् अघिल्ला दिनसम्म, सुत्नेबेलासम्म कतै केही छनक नभएको मिश्रमा भोलिपल्ट राजा अपदस्थ भएका थिए रक्तपातविहीन क्रान्तिबाट । त्यस्तै हुँदैछ नेपालमा राजाका नाममा मुलुक खोक्रो हुँदैछ राष्ट्रियताका विरुद्धमा भित्रभित्रै केही भइरहेको छ ।

त्यही प्रसङ्गमा बीपीले राष्ट्रियता र प्रजातन्त्रका पक्षमा एकता होस् भन्ने सकारात्मक सामाजिक सन्देश दिनका लागि भए पनि भेटघाटको प्रसङ्ग तयार गर्नुभयो —२०३५सालको दसैँको कोजाग्रत पूर्णिमा दिन चियापानको निहुँमा व्यापक क्षेत्र ओगटेर भेटघाट गर्ने । त्यो क्षेत्र राजनीतिक, सामाजिक, शैक्षिक, व्यापारी र मुलुकलाई विभिन्न तरिकाले प्रभाव पार्नेहरुका बिचमा एकताको सन्देश प्रवाह गर्ने ।

बीपी निरन्तररुपमा पूर्व प्रधानमन्त्रीहरु मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डाक्टर के आइ सिंह, नेपाल कम्युनिस्ट पार्टीका नेता मनमोहन अधिकारी, पूर्व मन्त्री तथा पुराना आफ्ना दलका नेता सूर्यप्रसाद उपाध्यायहरु, डाक्टर केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर आदिसँग नेपालको परिस्थितिका वारेमा छफफल गरिरहनु हुन्थ्यो गणेशमानजीसँग बसेर । बीपीमा मुलुकको अस्मिताको  चिन्ताले यसरी छोपेको थियो कि राजा पनि त्यस चिन्तामा सामेल होऊन् र राजशक्ति अनि जनशक्तिका बिचमा विस्तारै सम्बन्ध  यसरी गाढा होस् कि जनताले प्रजातन्त्रको उपयोग गर्न फेरि संघर्ष, युद्ध गर्नु नपरोस् । बीपीको त्यो इच्छालाई राजतन्त्रले बेलैमा बुझेन या त्यो कुरालाई कसैले हुनबाट रोक्यो, तर बीपी हुँदै राष्ट्रिय मेलमिलापको नीतिले नेपाली माटोमा सुरुवात मात्र हुन पायो ।

त्यही चलनलाई नै बीपीको सहिष्णुताको राजनीतिक चियापानको परम्परा बस्यो । अरु दलहरुले पनि त्यसलाई प्रचलनका रुपमा लिन थाले । अहिले सबैजसो राजनीतिक दलहरु, सामाजिक संस्थाहरुले व्यापकरुपमा भेटघाटको प्रवन्ध सुरु गरेका छन् दसैँ, तिहार, छठ, ईद र नेपाल संवतको अवसर पारेर जसले विना भेदभाव सबै दलका, सबै तप्काका मानिसहरु सम्पूर्ण विवाद बिर्सेर एकअर्कालाई दसैँ, तिहार, छठ, इद, नेपाल संवतको नयाँ वर्षको शुभकामना दिऊन् ।

त्यही चलनलाई नै बीपीको सहिष्णुताको राजनीतिक चियापानको परम्परा बस्यो । अरु दलहरुले पनि त्यसलाई प्रचलनका रुपमा लिन थाले । अहिले सबैजसो राजनीतिक दलहरु, सामाजिक संस्थाहरुले व्यापकरुपमा भेटघाटको प्रवन्ध सुरु गरेका छन् दसैँ, तिहार, छठ, ईद र नेपाल संवतको अवसर पारेर जसले विना भेदभाव सबै दलका, सबै तप्काका मानिसहरु सम्पूर्ण विवाद बिर्सेर एकअर्कालाई दसैँ, तिहार, छठ, इद, नेपाल संवतको नयाँ वर्षको शुभकामना दिऊन् ।

बीपीेले कम्युनिस्टसँग मिलेर जानका लागि केही कारणहरु देखाउँदै मान्नु भएको थिएन किनभने त्यो बेलामा राजाको गर्धन किन हो कम्युनिस्टसँग गाँसिएको बीपीले देख्नुहुन्थ्यो जवकि बीपीको विचारमा राष्ट्रियता र प्रजातन्त्रका प्रश्नमा राजाको र आफ्नो गर्धन एकै ठाउँमा गाँसिएको बताउन थाल्नु भएको थियो । राजतन्त्रको विदाइसँग देखिएको नेपाली काँग्रेसको अवस्थासँग कतिले अहिले पनि बीपीको त्यो भनाइलाई जोड्ने गरेको पाइन्छ । तर बीपीको भनाइ त्यसबेलाको त्यो प्रसङ्गसँग थियो —अन्ततः साम्यवादको गन्तव्य भनेको पहिलो चरणमा गणतन्त्रसम्म हो जहाँ पुग्न राजालाई नै उनीहरुले कमजोर पार्छन् र सिध्याउँछन् जसका लागि उदाहरण दिनु भएको थियो इन्डोनेसियाका कम्युनिस्ट नेता डी एन अदितको ।

आज राजतन्त्र पनि छैन तर मुलुकको अवस्था झन झन राष्ट्रिय मेलमिलापको आवश्यकताले गाँजेको देखिन्छ । अवस्था बीपीले त्यो बेलामा दिएको सिद्धान्तभन्दा हामी टाढा पुगेका रहेनछौँ । बीपीले चियापानको एउटा सामान्य भेटघाटको दूरदृष्टिले  देखाएको बाटोमा अहिले पनि हिँड्नु आवश्यक रहेछ । अन्ततः मुलुकको अस्मिता रहेन भने कहाँ हामीले प्रजातन्त्रको अभ्यास गर्ने र कहाँ हामीले गणतन्त्रको प्रयोग गर्ने ?

बीपीले छोडेर जानु भएको त्यो सहिष्णुता र मुलुकको अस्मिताको रक्षा गर्ने संस्कारलाई बचाउन सक्नुपर्छ जसलाई चियापानको एउटा  सामान्य संस्कृतिले भविष्यका लागि उज्यालो देखाएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.