बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निसमा ‘आतंकवादी’ हमला : एक महिनाअघि मात्र फ्रान्स आइपुगेका थिए आक्रमणकारी

शुक्रबार, १४ कात्तिक २०७७, ०९ : ४७
शुक्रबार, १४ कात्तिक २०७७

फ्रान्सको निस सहरमा भएको ‘आतंकवादी’ हमलाका आक्रमणकारी यही महिनामात्र फ्रान्स आइपुगेको खुलासा भएको छ । २१ वर्षीय टुनिसियिन मूलका ब्राहिम औसाउई गत महिना शरणार्थीको डुङ्गा चढेर युरोप प्रवेश गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार १२ इन्च लामो धारिलो हतियार लिएर उनी नोट्रे डाम चर्चमा प्रवेश गरेका थिए । उनले त्यहाँ एक वृद्ध महिलाको टाउको काटेका थिए । त्यसपछि उनले ५४ वर्षीय भिन्सेन्स लोक्वेसको हत्या गरेका थिए । आक्रमणबाट घाइते बनेकी ४४ वर्षीया सिमोन बरोटा सिल्भा त्यहाँबाट भागेर नजिकैको रेस्टुरेन्टमा पुगेकी थिइन् । त्यहाँ उनले ज्यान गुमाइन् ।

‘अल्लाह हु अकबर’ भन्दै आक्रमणमा उत्रिएका ब्राहिमलाई प्रहरीले १४ राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरिएको जानकारी दिएको  छ ।

प्रहरीका अनुसार ब्राहिम करिब ६ः३० बजे बिहान रेलबाट सहर प्रवेश गरेका थिए । सीसीटिभी फुटेजका अनुसार त्यसपछि कपडा बदलेल उनी ८ः३० बजे चर्च पुगेका थिए जहाँ उनले आधा घण्टा बिताएका थिए ।

ब्राहिम गत सेप्टेम्बर २० मा इटालीको टापु लाम्पेडुसा आइपुगेका थिए । पेरिसमा उनी गत अक्टुबर ९ मा आइपुगेका थिए ।

चार्ली हेब्डो नामक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन प्रकाशित गरेपछि अलकायदाले ‘जिहाद’ छेड्ने बताउँदै थप आक्रमण गर्ने चेतावनी दिएको थियो । केही दिनअघि मात्र उक्त कार्टुन विद्यार्थीहरुलाई देखाएको आरोपमा एक शिक्षकको विभत्स हत्या गरिएको थियो । फ्रान्समा यतिबेला सम्भावित आतंकवादी हमलालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइको छ ।

डेली मेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप