शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काजलको विवाह आज, यी व्यक्तिसँग लिँदैछिन् सातफेरो

शुक्रबार, १४ कात्तिक २०७७, ०८ : ०५
शुक्रबार, १४ कात्तिक २०७७

एजेन्सी – अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । 

उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् । 

काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’

गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ । 

३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् । जसमा उनको निकै सानो भूमिका थियो । 

सन् २००७ मा पहिलो तेलुगू फिल्म ‘लक्ष्मी कल्याणम’ मा देखिएकी थिइन् । तर त्यसै वर्ष रिलीज भएको फिल्म ‘चंदामामा’ बाट उनले पहिचान पाइन् । सन् २००९ मा आएको तेलुगू फिल्म ‘मगधीरा’ ले उनको करियरलाई उचाईमा पुर्याइदियो । उनले सन् २०११ मा ‘सिंघम’ मा समेत अभिनय गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप