युरोपा लिग : आर्सनलको सहज जीत, स्पर्स स्तब्ध
![युरोपा लिग : आर्सनलको सहज जीत, स्पर्स स्तब्ध](https://rpcdn.ratopati.com/media/albums/_115133469_nketiah_zocDYKm5mH.jpg)
आर्सनलले युरोपा लिगमा डुनडाल्कमाथि ३–० को सहज जित हासिल गरेको छ । समूह बीमा रहेको आर्सनलको लगातार दोस्रो जीत हो ।
खेलमा ४१ औँ मिनेटमा एडी निकेताहले आर्सनललाई अग्रता दिलाए भने जो विलकले लगत्तै दोस्रो गोल थपे । दोस्रो हाफको शुरुवातमा नै निकोलास पेपेले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
उता, टोटनह्याम हटस्पर्स भने रोयल एन्ट्रुपसँग १–० ले स्तब्ध भएको छ । बेन डेभिसको गल्तीको फाइदा उठाउँदै लियोर राफेलोभले खेलको निर्णायक गोल गरे ।
खेलपछि स्पर्सका प्रशिक्षक जोसे मोरिन्हो निकै क्रुद्ध देखिए । उनले आफूलाई दोस्रो हाफमा ११ जना नै खेलाडी परिवर्तन गर्न मन लागेको बताए । त्यस्तै, इन्सटाग्राममा पोष्ट गर्दै आफ्नो असन्तुष्टि जाहेर गरे । यो सन् २०१६ को नोभेम्बर यता युरोपा लिगमा मोरिन्होको पहिलो हार हो ।
बिहीबार नै भएका अन्य खेलमा लेस्टर सिटी एइके एथेन्सलाई २–१ गोलअन्तरले हरायो भने होफनहाइमले केएए जेन्टमाथि ४–१ को जीत हासिल गर्यो । सेल्टिक र लिलेले २–२ को बराबरी खेल्दा भिल्लेरियाल कारबाकविरुद्ध ३–१ ले विजयी बन्यो । एसी मिलानले स्पार्टा प्रागविरुद्ध ३–० को सहज जित हासिल गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?