शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चन्द्रागिरि र गोदावरीमा दुई जना मृत फेला

बिहीबार, १३ कात्तिक २०७७, २१ : २०
बिहीबार, १३ कात्तिक २०७७

काठमाडौँको चन्द्रागिरि र ललितपुरको  गोदावरीमा आज दुई जना मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन् । यस्तै ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा आज मृत फेला परेका छन । मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उता काठमाडौँ महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटकी मन्दिरा थापा भण्डारीको झण्डै डेढ लाख चोरी भएको छ  । उनको कोठाबाट रु ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंँकको एटिएमबाट रु एक लाख चोरी भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप