बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्लाज्मा थेरापीका लागि कोरोनामुक्त प्रदेशसभा सदस्यले गरे रक्तदान

बिहीबार, १३ कात्तिक २०७७, १९ : २५
बिहीबार, १३ कात्तिक २०७७

कोरोना सङ्क्रमण भएर गम्भीरावस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापीका लागि सहयोग पु¥याउन वाग्मती प्रदेशससभासहितको टोलीले आज रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरमा पुगेर वाग्मती प्रदेशसभा सदस्य एवं भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार निवासी शशिजंग थापा, औषधि व्यवसायी संघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद भुसाल र पत्रकार लीला श्रेष्ठले आज प्लाज्माका लागि एकैसाथ रक्तदान गरेका हुन् ।

गत भदौ २१ गतेदेखि सङ्क्रमण निको भएका स्वस्थ्य व्यक्तिको रगत संकलन  गरिएको छ ।  प्लाज्मा थेरापीका लागि रक्तदातालाई घरसम्मै रेडक्रसले सवारी साधन लिएर लिन जाने छ । भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रमा रगत संकलन गरी प्लाज्मा छुट्याएर सङ्क्रमितलाई उपलब्ध गराइने छ ।

रक्तदानपछि सञ्चारकर्मीसंँग कुरा गर्दै प्रदेशसभा सदस्य थापाले कोरोना सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्माले सङ्क्रमित गम्भीर बिरामीका लागि जीवनदान बन्न सक्ने भएपछि आफैँले साथीहरुलाई प्लाज्मा दानका लागि रक्तदान गरेको बताए ।  प्रदेशसभा सदस्य थापाले भने, “कोरोना भाइरस पोजेटिभ आएर निको भएका चिनजानका १० भन्दा बढीलाई एकैपटक रक्तदान गराउन खोजेको थिएँ, आज अपर्झट एक जना साथी लिएर आइयो, सङ्क्रमण निको भएकाले आफ्नो रगत त्यत्तिकै खेर जान दिनुभन्दा मृत्युसँंग जुधिरहेका सङ्क्रमितको ज्यान बचाउनु उपयुक्त भनेर प्लाज्मा दानका लागि रगत दिएको हुँ, कोरोना सङ्क्रमण भएर निको भई स्वस्थ्य रहेका सबैलाई प्लाज्माका लागि रक्तदान गर्न आह्वान गर्दछु ।”

कोरोना भाइरसको औषधि र खोप पत्ता नलागेको अहिलेका अवस्थामा सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्मा गम्भीर संक्रमितका लागि जीवनदान हुने भएकाले अरुलाई प्रेरणा मिलोस् भनेर नै रक्तदान गर्न आएको उनको भनाइ छ । सङ्क्रमितले भोग्ने पीडा र कोरोनासंँगको जुध्दा सकस भोग्नेलाई मात्रै थाहा हुने बताउँदै उनले सङ्क्रमण निको भएका आफूले चिनेका व्यक्तिलाई पनि प्लाज्माका लागि रक्तदान गर्न पठाउने जानकारी दिए ।

प्लाज्माका लागि रक्तदान गरेका औषधि व्यवसायी संघ भक्तपुरका अध्यक्ष भुसालले कोरोना सङ्क्रमण भएर रिपोर्ट नेगेटिभ आएका शिक्षित वर्गले रक्तदान गर्न हिचकिचाउन नहुने बताउँदै रक्तदान गर्न आह्वान गरे ।

रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले रेडक्रसले प्लाज्मा थेरापीका लागि रक्तदान अभियान नै शुरु गरेको बताउँदै सङ्क्रमितका लागि प्लाज्मा उपलब्ध गराउन माग बढेकाले रक्तदान गर्न आग्रह गरे ।

भक्तपुरमा हालसम्म नौ जना कोरोना सङ्क्रमण निको भएकाले प्लाज्माका लागि रक्तदान गरेको जानकारी दिँदै सभापति थापाले भने, “कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले कोरोना भाइरस सङ्क्रमण निको भएको १५ दिन पूरा भएकाको रगतमा रोग प्रतिरोधी क्षमता विकास भइसक्ने भएकाले उनीहरुको रगतमा भएको प्लाज्मा अर्को सङ्क्रमित व्यक्तिलाई प्रदान गर्दा गम्भीर अवस्थामा पुगेका सङ्क्रमितलाई निको पार्न अभियान शुरु गरेका हौँ ।”

निको भएका कोरोना सङ्क्रमित र उनीहरुको परिवारलाई मनोपरार्श दिएर जीवनदानमा अग्रसर रहन प्रेरणा दिनुपर्ने आवश्यकता रहेको सभापति थापाको भनाइ छ । रेडक्रसले प्लाज्मा थेरापीका लागि रक्तदान गर्ने दातालाई रक्तदानपछि पौष्टिक आहार प्रदान गर्ने तयारी गरेको छ । भक्तपुर रेडक्रसमा दैनिक चारदेखि पाँच कोरोना सङ्क्रमितका परिवार र आफन्तले प्लाज्मा थेरापीका लागि रगत उपलब्ध गराइदिन सम्पर्क गर्ने गरेका छन् ।

कोरोना सङ्क्रमित निको भएका र परिवारलाई उसको एक पिन्ट रगतले अर्को सङ्क्रमितको ज्यान बचाउन उपयोगी हुन्छ । एक पिन्ट रगत झिक्दा उसको स्वास्थ्यमा कुनै असर गर्दैन भनेर विश्वस्त पार्न सके प्लाज्मा थेरापीका लागि रगतको अभाव नहुने रेडक्रसको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप