
प्रधानमन्त्री–‘रअ’ का प्रमुखबीचको भेटवार्ताका विवरण सार्वजनिक गर्न आग्रह
नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन, कपिलवस्तुले आज आयोजनामा गरेको पत्रकार भेटघाटमा नेता उपाध्यायले रअ प्रमुखले नेपालको अन्तर्रााष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको टिप्पणी गरे।
यही कात्तिक ६ गते प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा आएका रअका प्रमुख सामन्तकुमार गोयलले भेट गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ