बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा कात्तिक १४ गते सार्वजनिक बिदा

बिहीबार, १३ कात्तिक २०७७, १५ : ११
बिहीबार, १३ कात्तिक २०७७

मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।

यसैबीच पैगम्बरको जन्मदिनका उपलक्ष्यमा प्रदेश नं २  सरकारले यही कात्तिक १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप