गृह मन्त्रालयले माग्यो १०० जना कर्मचारी (सूचनासहित)
बिहीबार, १३ कात्तिक २०७७, १४ : ०१
५
काठमाडौँ । गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको हो ।
मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको छ ।
दरखास्त दिनेको योग्यता ‘प्लस टु’ पास गरेको हुनुपर्नेछ । आवेदन दिन पैसा लाग्दैन । इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ ।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ । काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागद्धारा जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?