काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दैै कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बैठक बोलाइएको जानकारी दिए ।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।
यसअघि काँग्रेसले बोलाएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि प्रभावित भएको थियो ।
यसैबीच सहमहामन्त्री प्रकाश शरण महतका अनुसार केन्द्रीय समितिअघि कात्तिक १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको पदाधिकारी बैठक बस्नेछ । सो बैठकमा पनि पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने उनले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने जनाएको छ । तर, कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास