शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पावरवाला चश्मा’मा आश्मादेखि एन्जिलासम्म

बिहीबार, १३ कात्तिक २०७७, ११ : १६
बिहीबार, १३ कात्तिक २०७७

काठमाडौं । अभिनेत्री आश्मा गिरी अभिनित ‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीत भिडियो सहित सार्वजनिक भएको छ । नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा आश्माको अलवा सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेतको समेत अभिनय रहेको छ ।

प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द तथा संगीत भीम बिसीको छ । भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन् । 

सियोन श्रेष्ठको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा दुई प्रेमीजोडीको बृद्धाबस्थासम्मको प्रेमभाव देखाउन खोजिएको छ । भिडियोमा गायक प्रताप र गायिका एन्जिला समेत देखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप