बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ममाथि बलात्कार हुन सक्थ्योः बलिउड अभिनेत्री अमीषा पटेल

बिहीबार, १३ कात्तिक २०७७, ०८ : ५६
बिहीबार, १३ कात्तिक २०७७

एजेन्सी – बलिउड अभिनेत्री अमीषा पटेलले बिहारमा भएको चुनावी प्रचार प्रसारका क्रममा एलजेपीका उम्मेदवार डा. प्रकाश चंद्राले आफूलाई धम्की दिएको बताएकी छिन् । 

उनले भारतीय सञ्चार माध्यमलाई दिएको बयानअनुसार डा.प्रकाश चंद्रालाई उनी एक पाहुनाको रुपमा भेट्न गएकी थिइन् । उनी निकै खतरनाक व्यक्तित्व हुन् । उनले भनिन्, ‘उनले ब्ल्याकमेल गर्नुका साथै मेरो टीमसँग पनि निकै नराम्रो व्यवहार गरे । उनले म मुम्बई पुगेपछि म्यासेज र फोन गरेर धम्की दिन थाले ।’

अमीषाले भनिन्, ‘उनले तीन घण्टासम्म आफूसँग मिल्न दबाब दिए । मैले सोही दिन फ्लाइट भेट्नुथियो । तर उनले मलार्ई यस्तो गर्न दिएनन् । उनले मलाई गाउँमा राखे र धम्की दिए । यदि म सहमत नभए उनले मलाई गाउँमा नै छोडिदिने धम्कीसम्म दिए ।’

उनले आफू गाउँमा हुँदा चुपचाप बसेको र मुम्बई पुगेपछि साँचो कुरा बाहिर ल्याएको भन्दै भनिन्, ‘मेरो बलात्कार पनि हुन सक्थ्यो । हत्या पनि हुन सक्थ्यो । मैले कुनै पनि सुरक्षा व्यवस्था नगर्नु मेरो पागलपन थियो । मेरो गाडीलाई उनका मान्छेहरुले घेरेर राखेका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप