शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमणको योजनाकार नेविसंघका नेता पक्राउ

बुधबार, १२ कात्तिक २०७७, १९ : ४४
बुधबार, १२ कात्तिक २०७७

काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न दीपक ओझालाई प्रहरीले पक्रेको छ । ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौंले कैलाली प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो । नेविसंघका नेता ओझालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेली, कैलालीका डिएसपी भरत चौधरीले रातोपाटीलाई बताए ।

यसअघि कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । टौदह घर भएका निरज राना मगर, सिराहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

त्रिवि समाजशास्त्र केद्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा चारजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । प्राध्यापक कुट्न रुपेशले अन्य तीनजनालाई सँगै लिएर त्रिभुवन विश्वविद्यालयमा गएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि पक्राउ गरिएका रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थी हुन् । पक्राउ परेकाहरुले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको प्रहरीलाई बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप