प्रदेश १ मा ५५६ सङ्क्रमित थप
बुधबार, १२ कात्तिक २०७७, १९ : ४०
पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा मंगलबार ४३ सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए ।
आज सङक्रमित हुनेमा मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा तीनतीन र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ भने अहिलेसम्ममा १० हजार १३८ जना निको भएर घर फर्किएका छन् । आजै मात्र यसप्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा यसप्रदेशमा एक हजार २६१ जना सहित अहिलेसम्ममा कूल एक लाख ५६ हजार ५४६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने