नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित
बुधबार, १२ कात्तिक २०७७, १७ : १०
काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।
एशियाली विकास बैंकको टिएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।
ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका समस्याहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।
एडीबी व्यापार बित्त कार्यक्रम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जुन २०२० सम्म नेपालमा टिएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज