कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
बुधबार, १२ कात्तिक २०७७, १६ : ०२
कोरोना विशेष अस्पताल बुटवल र पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए । यस्तै लुम्बिनी मेडिकल कलेजमा पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनलाई बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’