ठूलो परिमाणमा लागुऔषधसहित दुई युवक पक्राउ
बुधबार, १२ कात्तिक २०७७, १५ : ३६
सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका–९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताए।
दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो झोलामा एक हजार ५०० पिस प्रतिबन्धित लागुऔषध नाइट्राभेट बोकेर नेपाल प्रवेश गरेपछि जलेश्वर नगरपालिका–३ स्थित सडकमा सशस्त्र प्रहरीले शङ्का लागि चेक गर्दा दुवै जना पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप