बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी घरमै निको पार्न सकिन्छ बालबालिकामा देखिने मौसमी रुघाखोकी

बुधबार, १२ कात्तिक २०७७, ०९ : १६
बुधबार, १२ कात्तिक २०७७

 अब चिसो मौसम सुरु हुनै लागेको छ । यो समयमा बालबालिकालाई मौसमी रुघाखोकी धेरै सताउने गर्छ । मौसमी रुघाखोकी सबै उमेरको व्यक्तिहरुमा देखिए पनि ५ वर्षभन्दा मुनिका बालबालिकालाई खतरा पनि हुन सक्छ ।  

 बालबालिकामा देखिने मौसमी रुघाखोकीको घरेलुविधिबाट उपचार गर्न सकिन्छ ।   बालबालिकामा हुने मौसमी रुघाखोकीलाई कसरी घरायसी विधिबाट उपचार गर्ने ? केके कुरामा ध्यान दिने र कुन अवस्थामा अस्पताल लाने भन्ने विषयमा चाइल्ड हेल्थ नर्सिङ सुरक्षा सुवेदीले जानकारी गराएकी छिन् : 

के हो भाइरल फिभर ? 
भाइरल फिभर भनेको सामान्य भाषामा मौसमी रुघाखोकी हो । ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने समस्याहरु धेरै देखिन्छ । ज्वरोमा धेरै प्रकारको ज्वारो हुन्छ । किटाणु वा शरीरमा केही इन्फेक्सनको कारणले पनि ज्वरो आउन सक्छ ।

 किटाणुको कारणले ज्वरो आएको छ भने औषधि खाएपछि निको हुन्छ । तर भाइरसको कारणले आएको ज्वरोको औषधि हुँदैन । भाइरल फिभरमा भाइरसलाई मार्ने औषधि हुँदैन । अर्थात, भाइरसको कारणले आएको ज्वारो तथा रुघाखोकी एन्टिबायोटीकले निको हुँदैन ।

एन्टिबायोटीक ब्याक्टेरियाको लागि प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात ब्याक्टेरियाको कारणले बालबालिकामा समस्या देखियो भने प्रयोग गर्न सकिन्छ । तर, अहिले  भाइरसको लागि पनि एन्टिबायोटीक प्रयोग गरिन्छ, त्यो गलत हो ।

 बालबालिकालाई ज्वरो आउनेबित्तिकै एन्टिबायोटीक खुवाउने चलन छ, त्यो गलत हो । गलत एन्टिबायोटीक प्रयोगले भाइरसलाई त छुँदैछुँदैन, यता एन्टिबायोटीकले बालबालिकाको शरीरमा पनि थप समस्या निम्त्याउन सक्छ । एन्टिबायोटीकको कारणले गर्दा बालबालिकाको शरीरमा असर गर्छ ।  

ब्याक्टेरियाको कारणले बिरामी परेको हो भने एन्टिबायोटीक खान सकिन्छ । तर भाइरलको कारणले समस्या भएको हो भने बालबालिकाले खाएको एन्टिबायोटीकले काम नगर्ने हुन्छ । बरु उल्टै विभिन्न समस्या निम्त्याउँन सक्छ । 

बालबालिकालाई भाइरसबाट जोगाउनको लागि सबैभन्दा पहिला पूर्णरुपमा खोप लिएको हुनुपर्छ । भाइरसको उपचार भनेको आराम गर्ने, तातोपानी खाने, बेसार र तातोपानी खाने नै हो । 

हामीमा बालबालिकालाई सामान्य रुघाखोकी लाग्दा, ज्वरो आउँदा एन्टिबायोटीक खुवाउने चलन छ । भाइरसको कारणले नै भएको हो भने घरायसी उपचारनै सबै भन्दा राम्रो हुन्छ । तर १०३ भन्दा धेरै ज्वरो आएको खण्डमा भने स्वास्थ्य संस्था लैजानु पर्ने हुन्छ । 

अस्पतालमा पनि स्वास्थ्यकर्मी नै दोधारमा हुन्छन् । ब्याक्टेरिया या भाइरस केको कारणले बिरामी भएको हो भन्ने कुरामा नै अन्योलमा हुन्छन् । जसले गर्दा एन्टिबायोटीक पेस्क्रिप्सन नै गरिएको पाइन्छ । यदी ब्याक्टेरियाबाट भएको हो भने राम्रो हो तर भाइरसको कारणले बालबालिका बिरामी परेको हो एन्टिबायोटीक दिनु गलत हो । 

भाइरसको घरेलु उपचार
सामान्य ज्वरो आउँदा औषधि खुवाइहाल्नु पर्दैन । भाइरस हाम्रो शरीरमा पनि हुन्छ र बाहिर हावाबाट जतिबेला पनि हामीलाई लाग्न सक्छ । 
जब हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता कम हुन्छ तब भाइरलको समस्या देखिन्छ । निन्द्रा पुगेको छैन या हामी टेन्सनमा छौं भने पनि शरीरमा रोगसँग लड्ने क्षमता कम हुन्छ  । सोही बेलामा शरीरमा बाहिरको भाइसले आक्रमण गर्छ ।

भाइरसले आक्रमण गरेपछि त्यसलाई मार्न सकिएन भने भाइरल देखिने हो । लक्षणहरु भनेको कसैलाई धेरै ज्वरो आउन सक्छ । तर कसैलाई ज्वरो नआउने जिउ दुख्ने, घाँटी दुख्ने, अल्छी लाग्ने मात्रै पनि हुन सक्छ ।  भाइरस फिभरमा धेरै जिउ, दुख्ने टाउको दुख्ने, खानमन नलाग्ने, हिँड्न नसक्ने जस्ता लक्षण देखा पर्छन् ।  भाइसर र ब्याक्टेरिया पनि यसरी छुट्याउन सकिन्छ । भाइरस फिभर लाग्दा झाडापखाला लाग्ने,बान्ता हुँने, पेट दुख्ने जस्ता लक्षणहरु पनि देखिन्छन् । 

मौसम परिवर्तनको समयको भाइरल फिभर भएको छ भने घरमानै उपचार गर्न सकिन्छ ।

सो समयमा तातोपानी, अदुवा, बेसार, तुलसीको पात र महको सेवन हितकर हुन्छ । यो भाइरलको लागि राम्रो औषधि पनि हो । 

भाइरसको लागि एन्टिबायोटीक भन्दा पनि घरेलु उपचार राम्रो हुन्छ । भाइरल फिभरमा घरायसी उपचार गर्ने र आराम गर्नुपर्ने हुन्छ । हिँडडूल गर्दा झन् रोग सँग लड्ने क्षमता कम भएर जाने भएको हुँदा आरामको धेरै जरुरी हुन्छ । त्यसैले बालबालिकालाई पूर्ण रुपमा निको नभएसम्म बाहिर नपठाउनु राम्रो हो ।

सामान्य ज्वरो आउँदा औषधि खुवाइयो भने अर्काे पटक घरलु उपचारले काम गर्दैन । पछि त्यो भन्दा पनि धेरै डोजको औषधि खानु पर्ने हुन्छ । तर यसरी औषधि खाने बालबालिकालाई ‘रिपिटेड’ भाइरल फिभर हुन्छ । 
बालबालिकामा देखिने भाइरल फिभर ठूलो रोग होइन । तर सामान्य भाइरल हुुँदा पनि औषधि खुवाइयो भने चाहिँ पछि जटिल हुन्छ । 

मौसम परिवर्तन हुँदा भाइरस फिभरले बालबालिकालाई मात्रै होइन ठूलो व्यक्तिलाई पनि असर गर्छ । गर्मी महिनामा हाम्रो शरीरले गर्मीकै एडजष्ट गरेको हुन्छ भने जाडो महिनामा पनि जाडोकै एडजष्ट गरेको हुन्छ । तर मौसम परिवर्तन हुँदा गर्मी र जाडोको मिक्स हुँदा हाम्रो शरीरले जाडो गर्मी दुबैलाई एडजष्ट गर्न खोज्दा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ र त्यो कम हुने बितिकै भाइरसले आक्रमण गर्छ ।
बालबालिकाको हकमा भने रोगसँग लड्ने क्षमता एकदमै कम हुने भएको हुँदा मौसम परिर्वतन भएको समयमा बिरामी हुने सम्भावना धेरै हुन्छ  । त्यसैले मौसम परिवर्तन हुने बेलामा सबै व्यक्तिले शरीरको धेरै ख्याल गर्नुपर्ने हुँन्छ ।

भारइरसबाट बच्नको लागि बच्चालाई तुलसीको पात, मह र पोषयुक्त खानेकुरा धेरै खुवाउँनु पर्छ ।  

धेरै त ५ वर्ष मुनिका बालबलिकासँग रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यस्तै २ वर्ष सम्मका बालबालिकाई झनै समस्या हुन्छ ।

बालबालिकालाई ज्वरो धेरै छैन भने घरेलुउपचार गर्दा गराउँदा हितकर हुन्छ ।  ज्वरो बढी नै छ भने पारासिटामोलले काम गर्छ । यसो त एन्टिबायोटीक धेरै खादा पेट दुख्ने, बान्ता हुने, रिगंटा लाग्ने पनि हुन सक्छ । -अर्काइभबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप