केन्द्रीय संस्करण

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसन बसेका छन् ।  प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा सङ्क्रमण पुष्टि भएको जानकारी गराउँदै आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई सङ्क्रमण देखिएको थियो । 

यसैबीच बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका छन् । 

भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा ३४ मध्यम र ३ सामान्यखालका बिरामी छन् । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा  १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका 
छन् । भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष  उपचाररत रहेको श्रेष्ठले बताए । बाँकेमा १ सय ९२ सङ्क्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.