केन्द्रीय संस्करण

भारतले क्षेप्यास्त्र हमलाका लागि विशेष अमेरिकी डेटा प्रयोग गर्न सक्ने

अमेरिकाले भन्यो– चीन लोकतन्त्रको मित्र होइन, हामी भारतको साथ छौँ

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0

नयाँ दिल्ली । भारत र अमेरिकाबीच दिल्लीको हैदरावाद हाउसमा विदेशमन्त्री र रक्षामन्त्री स्तरीय २+२ बैठक सम्पन्न भएको छ । बैठकका क्रममा दुई मुलुकबीच ‘बेसिक एक्सचेन्ज एन्ड को–अपरेशन एग्रिमेन्ट’ भएको छ ।
सम्झौताअनुसार भारतले क्षेप्यास्त्र हमलाका लागि विशेष अमेरिकी डेटा प्रयोग गर्न सक्नेछ । यसको प्रयोगबाट कुनै पनि क्षेत्रमा सटिक निशाना लगाउन सकिन्छ ।

संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘आज हामी युद्ध स्मारक गएका थियौँ, हामीले ती वीर जवानप्रति श्रद्धाञ्जलि अर्पण ग¥यौँ जसले भारतका लागि आफ्नो प्राण दिए । उनीहरुमा ती २० जवान पनि सामेल थिए जसलाई गलवानमा चीनले मारेका थियो । भारत आफ्नो अखण्डताका लागि तमाम खतरासँग लडिरहेको छ र हामी भारतको साथ छौँ ।’
 वार्तामा कसले के भने ?
राजनाथ सिंह : अमेरिकासँग सैन्य सहयोग बढाउँछौँ
भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने– भारत र अमेरिकाबीच सैन्य सहयोग बढ्दै गएको छ । समुद्री क्षेत्रमा सहयोगका लागि छलफल भयो । रक्षा क्षेत्रमा ‘आत्मनिर्भर भारत’ अमेरिकासँगको हाम्रो सहयोगको केन्द्रमा छ । दुवै देशबीच व्यापार र प्रविधि आदान–प्रदान हुनेछ । हामी सबै देशको स्वतन्त्रता, शान्ति र सम्प्रभुताका समर्थक हौँ ।

मार्क एस्पर : रक्षा सहयोगअन्तर्गत प्रविधि आदान–प्रदान गर्नेछौँ
अमेरिकी रक्षामन्त्री मार्क एस्परले भने– भारतसँग हामीले साइबर र अन्तरिक्ष वार्ताबारे चर्चा गरेका छौँ । समुद्री क्षेत्रमा सुरक्षाका विषयमा चर्चा भयो । आगामी दिनमा अस्ट्रेलिया, जापानसँग संयुक्त अभ्यासमा सामेल हुनेछौँ । रक्षा सम्झौताअन्तर्गत ‘जिओ स्पेश इन्फर्मेसन’ आदान–प्रदान गर्नेछौँ । रक्षा प्रविधि सहयोग अन्तर्गत हामीले हेलिकप्टर र लडाकु विमानका सम्बन्धमा छलफल गरेका छौं ।

माइक पोम्पियो : चीन लोकतन्त्रको मित्र होइन
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने– दुवै देशबीच सहयोग लगातार मजबुत भइरहेको छ । आज हामी युद्ध स्मारक गएका थियौँ । त्यहाँ भारतका लागि प्राण दिएका ती २० जवानलाई पनि श्रद्धाञ्जली दियौँ जसलाई चिनियाँ सैनिकले मारेका थिए । चीनको कम्युनिस्ट पार्टी लोकतन्त्र समर्थक होइन । चीन लोकतन्त्र, कानुन र पारदर्शिताको मित्र होइन र यो कुरा विश्वले देखिरहेको छ । हामीलाई खुशी लागिरहेको छ कि भारत र अमेरिका केवल चीनमात्र नभई हरेक खतराविरुद्ध आपसी सहयोग मजबुत तुल्याउन कदम बढाइरहेका छन् ।

एस जयशंकर : क्रस बोर्डर आतंकवाद स्वीकार्य छैन 
भारतीय विदेशमन्त्री एस जयशंकरले भने– अमेरिकासँग ‘ग्लोबल स्ट्रेटेजिक पार्टनरशीप’ बारे छलफल भएको छ । विज्ञान र प्रविधिमा सहयोगसम्बन्धी छलफल भएको छ । भारत र अमेरिका अन्तर्राष्ट्रिय सहयोगका लागि तयार छन् । दुवै देशले ‘क्रस बोर्डर आतंकवाद’ स्वीकार्य छैन भन्ने कुरालाई आत्मसात् गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.