दशैंका कारण घट्यो परीक्षण, उपत्यकामा मात्रै २० हजार बढी सक्रिय संक्रमित
नेपालीहरुको महान चाड दशैँका कारण अधिकांश प्रयोगशालाहरु बन्द हुँदा बितेको २४ घण्टामा परीक्षण ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको अध्यावधिक विवरणअनुसार २४ घण्टामा मात्रै २७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । यसो त सोमबारको विवरणमा पनि ५ हजार ६ जनाको मात्रै पीसीआर परीक्षण भएको थियो ।
सोअघि कात्तिक ९ गते १२ हजार ३११, कात्तिक ८ गते १३ हजार ८४६। कात्तिक ७ गते १६ हजार ८६३ जनाको पीसीआर परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार आज थपिएका ५७० सहित देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएका छन् ।
यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् ।
सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी अर्थात २० हजार ५८६ जना सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् ।
बितेको २४ घण्टामा ९७ महिला र १५५ पुरुष गरी थप २५२ संक्रमित थपिएको उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १६ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । कुल ५७ हजार संक्रमित भेटिइसकेको काठमाडौंमा ४० हजार ४२ जना निको भइसकेका छन् भने २०० जनाको मृत्यु भएको छ ।
यस्तै भक्तपुरमा ११९४ जना सक्रिय संक्रमित रहेका छन् भने ४१४१ जना निको भएका छन् । ५८ जनाले ज्यान गुमाएको भक्तपुरमा कुल संक्रमितको संख्या ५३९३ रहेको छ ।
यसैगरी ललितपुरमा सक्रिय संक्रमितको संख्या २४३४ रहेको छ भने निको हुनेको संख्या ५५६२ जना रहेको छ । हालसम्म ५६ जनाले ज्यान गुमाएको ललितपुरमा कुल संक्रमित ८ हजार ५२ रहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा होम आइसोलेशनमा १० हजार ५०१, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार ३६२ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक