शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा डा भट्टराईको स्वास्थ्यलाभको कामना

मङ्गलबार, ११ कात्तिक २०७७, १३ : ३६
मङ्गलबार, ११ कात्तिक २०७७

 चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ । भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड-१९ संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

 साथै पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ । 
भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप