केन्द्रीय संस्करण

विपद् बुलेटिन : वैशाखयता ४६३ को मृत्यु, ८०३ घाइते

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0
विपद्का प्रमुख घटनाको विवरण

वैशाखयता विभिन्न विपद्का घटनामा परी ४६३ जनाको मृत्यु भएको छ भने ८०३ जना घाइते भएका छन् । 
  गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार बितेको ७ महिनाको अवधिमा आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षा जस्ता घटनाबाट सो संख्यमा मानवीय क्षति भएको हो । 

प्राधिकरणका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका घटना २०४४ वटा भएको छ भने सो घटनामा बेपत्ता हुनेको संख्या १०१ रहेको छ । 
यस्तै ७९ करोड ५७ लाख ९५ हजार ८१० रुपैयाँ बराबरको अनुमानित क्षति भएको पनि प्राधिकरणको भनाइ छ । 

यसैबीच प्राधिकरणको दैनिक बुलेटिनअनुसार बितेको २४ घण्टामा रसुवामा जंगी जनावरको आक्रमणबाट १ जना घाइते भएका छन् । गोसाईकुण्ड गाउँपालिका–५ देउरालीस्थित जंगलमा चौरी गाई चराउन गएको अवस्थामा जंगली भालुले आचानक आक्रमण गर्दा १ जना भएका हुन् । 

यस्तै ताप्लेजुङ, कञ्चनपुर, भोजपुर  र सर्लाहीमा आगलागीको घटना हुँदा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.