शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरीमा डुबेर  एकै परिवारका दुई बालकको मृत्यु

मङ्गलबार, ११ कात्तिक २०७७, १२ : ०४
मङ्गलबार, ११ कात्तिक २०७७

 सिरहामा एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो । उनीहरुको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। 

घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका उनीहरुको खोजतलास गर्ने क्रममा शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।
प्रहरीका अनुसा उनीहरु माछामार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुन्सधान भइरहेको जनाइएको छ ।

वडाध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराइरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आजपास गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए ।
दुवै शप पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप