बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न रोगबाट पीडितको उपचारमा युवाको सहयोग

मङ्गलबार, ११ कात्तिक २०७७, ११ : ५६
मङ्गलबार, ११ कात्तिक २०७७

बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेकका तुलसी सापकोटामा अर्बुद रोग छ । लामो समयदेखि उपचार गरारहेका उनलाई आर्थिक अभाव भएको छ ।  
 विभिन्न माध्यमबाट सहयोगको याचना गरिहेका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो ।
जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौलारो–ग पीडित छन् । उनका दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उपचार चलिरहेको छ । आर्थिकावस्था कमजोर भएका उनलाई पनि समूहले रु २५ हजार सहयोग गरेको छ । 
 जैमिनी –७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गाैलाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत छिन् । उनको समेत आर्थिक अवस्था कमजोर रहेकाले समूहले रु २५ हजार  उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिए । 
समूहले विपत् व्यवस्थापन अभियान नै चलाएको छ । अप्ठेरामा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईँले बताए । जैमिनी ६ अर्जेवाका अशक्त लालबहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समूहले उपलब्ध गराएको छ ।

‘जैमिनीका देशविदेशमा रहेका युवाको समूह बनाएर सामाजिक सेवाको अभियान चलाइरहेका छौंँ’ चापागाईंँले भने, ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छाैँ ।’ 
समूहले विदेश विभागसमेत बनाएको छ । एउटै समूहका सदस्य गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको बेलायतमा रहेका समूहका सदस्य रत्नबहादुर क्षत्रीले बताए । बाढीपहिरोजस्ता विपत्तिमा परेका, प्राणघातक रोगग्रस्त र  अतिविपन्नलाई समूहले सहयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप