बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल कोरोना अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

मङ्गलबार, ११ कात्तिक २०७७, ०८ : ३७
मङ्गलबार, ११ कात्तिक २०७७

बुटवल । बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् ।

अस्पतालका अनुसार तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति र बुटवल–१३ का ५२ वर्षीय पुरुषको आज बिहान पचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।

डा. गौतमका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी थिइन् । यस्तै बुटवलका पुरुषमा भने कार्तिक ७ गते कोरोना पोजेटिभ देखिएको थियो । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप