केन्द्रीय संस्करण

अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

person explore access_timeकात्तिक १०, २०७७ chat_bubble_outline0

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन् । 

भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ । 

छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहनु हुने अधिकारीहरुले जनाएका छन् । मंगलबार हुने भारत र अमेरिकाबीचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हो ।  

भारत प्रस्थान गर्नु अघि अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका थिए, 'म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।'

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्र्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.