शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगलागीबाट जले पाँच घर

सोमबार, १० कात्तिक २०७७, १८ : ५५
सोमबार, १० कात्तिक २०७७

विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा  र पर्से परियारको घर पूर्णरुपमा जलेको छ ।  घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए ।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप